Trending
नरबहादुर खड्का (नरेश)ले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी, सातबुँदे प्रतिबद्धता सार्वजनिक     |     घेरा तोड्दै रामेछापबाट उदाइन् विनिता खड्का     |     लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान जोगाउन मन्त्री पोखरेलको निर्देशन     |     प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, डिजिटल शासनदेखि विपद् व्यवस्थापनसम्म     |     कानुन सुधारसँगै विकास र लगानीलाई गति दिन्छौँ : मन्त्री लम्साल     |     वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै     |     कर्णालीको मनमोहक दृश्यमा ‘साँची राखी माया मेरो’ सार्वजनिक     |     मतभेद बिर्सेर पार्टीलाई एकताका साथ अघि बढाऔँ : अध्यक्ष ओली     |     विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधनको तयारी     |     भोटेकोसी–त्रिशूली विपद् समिति सभापतिमा पराजुलीले लिए शपथ     |    
समाचार

ग्यास अभाव समाधान गर्न प्राथमिकता दिन्छु: उद्योगमन्त्री साह

२५ भाद्र २०८३, बिहीबार २०:४१

काठमाडौँ। नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले पदभार ग्रहण गरेका छन्। बिहीबार शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले आफ्नो जिम्मेवारी सम्हालेका हुन्।

पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री साहले बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने विषय आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए।

उनले यस विषयमा मन्त्रालयका कर्मचारी तथा निवर्तमान मन्त्री गौरीकुमारी यादवसँग आवश्यक छलफल गरेर मात्र थप योजना र कार्यक्रम अघि बढाउने जानकारी दिए।

प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपतिले साहलाई बिहीबार नै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त गरेका थिए। मन्त्री साहले पदभार ग्रहण गरेलगत्तै मन्त्रालयका कर्मचारीहरूसँग छलफल सुरु गरेका छन्।

प्रतिक्रिया दिनुहोस्