Trending
मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |     भोटेकोशी बाढीपीडितको पुनःस्थापना कार्य सुरु भएको मन्त्री तिमिल्सिनाको भनाइ     |     लुम्बिनी प्रदेश सभा सदस्यको पदमुक्त गर्ने निर्णयप्रति जसपाको आपत्ति     |     शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल     |     माधव नेपाललाई बादलको आरोप- राष्ट्रपति हुने गोप्य सम्झौतापछि राजीनामा     |     रवि-बालेनबिच अविश्वास सिर्जना गराउन एउटा तप्का सक्रिय छ: प्रमोद न्यौपाने     |     ग्यास अभाव समाधान गर्न प्राथमिकता दिन्छु: उद्योगमन्त्री साह     |     ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज     |     बिर्तामोडमा भदौ २७ देखि ‘युवा कलाकार अभिनय प्रशिक्षण’, कलाकारले सिक्नेछन् अभिनयका विविध सीप     |     एसीसी प्रिमियर कप : हङकङसँग नेपाल पराजित, सेमिफाइनलमा ओमनसँग भिड्ने     |    
समाचार

ग्यास अभाव समाधान गर्न प्राथमिकता दिन्छु: उद्योगमन्त्री साह

२५ भाद्र २०८३, बिहीबार २०:४१

काठमाडौँ। नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले पदभार ग्रहण गरेका छन्। बिहीबार शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले आफ्नो जिम्मेवारी सम्हालेका हुन्।

पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री साहले बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने विषय आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए।

उनले यस विषयमा मन्त्रालयका कर्मचारी तथा निवर्तमान मन्त्री गौरीकुमारी यादवसँग आवश्यक छलफल गरेर मात्र थप योजना र कार्यक्रम अघि बढाउने जानकारी दिए।

प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपतिले साहलाई बिहीबार नै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त गरेका थिए। मन्त्री साहले पदभार ग्रहण गरेलगत्तै मन्त्रालयका कर्मचारीहरूसँग छलफल सुरु गरेका छन्।

प्रतिक्रिया दिनुहोस्