Trending
मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |     भोटेकोशी बाढीपीडितको पुनःस्थापना कार्य सुरु भएको मन्त्री तिमिल्सिनाको भनाइ     |     लुम्बिनी प्रदेश सभा सदस्यको पदमुक्त गर्ने निर्णयप्रति जसपाको आपत्ति     |     शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल     |     माधव नेपाललाई बादलको आरोप- राष्ट्रपति हुने गोप्य सम्झौतापछि राजीनामा     |     रवि-बालेनबिच अविश्वास सिर्जना गराउन एउटा तप्का सक्रिय छ: प्रमोद न्यौपाने     |     ग्यास अभाव समाधान गर्न प्राथमिकता दिन्छु: उद्योगमन्त्री साह     |     ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज     |     बिर्तामोडमा भदौ २७ देखि ‘युवा कलाकार अभिनय प्रशिक्षण’, कलाकारले सिक्नेछन् अभिनयका विविध सीप     |     एसीसी प्रिमियर कप : हङकङसँग नेपाल पराजित, सेमिफाइनलमा ओमनसँग भिड्ने     |    
समाचार

रवि-बालेनबिच अविश्वास सिर्जना गराउन एउटा तप्का सक्रिय छ: प्रमोद न्यौपाने

२५ भाद्र २०८३, बिहीबार २०:४२

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रमोद न्यौपानेले प्रधानमन्त्री र पार्टी सभापति रवि लामिछानेबीच अविश्वास सिर्जना गराउन एउटा तप्का सक्रिय रहेको बताएका छन्।

उनले दुई नेताबीच सम्बन्ध राम्रो नरहेको भन्दै फैलाइएको हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।

न्यौपानेले भने, ‘यो समीकरण बनेदेखि नै यिनीहरू मिलेर के गर्छन् र भन्ने आशंका गर्ने र अविश्वास सिर्जना गराउन खोज्ने एउटा तप्का सक्रिय छ।’ उनले नीतिगत विषय, सुशासन र सेवा प्रवाहका सम्बन्धमा दुई नेताबीच निरन्तर छलफल भइरहेको दाबी गरे।

संसद्मा रास्वपा सांसदहरूले सरकारको आलोचना गरिरहेको विषयमा उनले यसलाई आन्तरिक लोकतन्त्रको सुन्दर पक्षका रूपमा व्याख्या गरे। ‘संसद् भनेको जनप्रतिनिधिहरूले आम जनताका समस्या मुखरित गर्ने थलो हो। सरकारमा हाम्रो सहभागिता छ भन्दैमा प्रणालीका त्रुटिहरूमा आँखा चिम्लिनुपर्छ भन्ने छैन,’ न्यौपानेले भने।

पार्टीको संगठन विभाग प्रमुखमा आफ्नो मनोनयन निकटताका आधारमा नभई कार्यक्षमता र सांगठनिक आवश्यकताका आधारमा भएको उनले प्रस्ट पारे। उनले भने, ‘सभापतिसँगको निकटताको कुरा गर्नुहुन्छ भने सभापति सबै केन्द्रीय सदस्य र पार्टी सदस्यहरूको अभिभावक हुनुहुन्छ। तर जिम्मेवारी निकटताका आधारमा होइन, कार्यक्षमता, लगनशीलता र सांगठनिक आवश्यकताका आधारमा दिइएको हो।’

स्थानीय तहको निर्वाचन लक्षित गर्दै उनले ‘क्यान्डिडेट क्लब’ को अवधारणा अघि सारेका छन्। यस मार्फत उम्मेदवार बन्न चाहनेहरूलाई पहिचान गरी कडा मूल्यांकन प्रक्रियाबाट छनोट गरिने उनले जानकारी दिए।

न्यौपानेले परम्परागत पार्टीहरू जस्तो नेताको खल्तीबाट उम्मेदवार छनोट गर्ने परिपाटीको अन्त्य गर्न आफूहरू प्रतिबद्ध रहेको बताए। हालसम्म पार्टीमा करिब पाँच लाख साधारण सदस्य जोडिएको र सांगठनिक विस्तार निरन्तर भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्