Trending
मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |     भोटेकोशी बाढीपीडितको पुनःस्थापना कार्य सुरु भएको मन्त्री तिमिल्सिनाको भनाइ     |     लुम्बिनी प्रदेश सभा सदस्यको पदमुक्त गर्ने निर्णयप्रति जसपाको आपत्ति     |     शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल     |     माधव नेपाललाई बादलको आरोप- राष्ट्रपति हुने गोप्य सम्झौतापछि राजीनामा     |     रवि-बालेनबिच अविश्वास सिर्जना गराउन एउटा तप्का सक्रिय छ: प्रमोद न्यौपाने     |     ग्यास अभाव समाधान गर्न प्राथमिकता दिन्छु: उद्योगमन्त्री साह     |     ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज     |     बिर्तामोडमा भदौ २७ देखि ‘युवा कलाकार अभिनय प्रशिक्षण’, कलाकारले सिक्नेछन् अभिनयका विविध सीप     |     एसीसी प्रिमियर कप : हङकङसँग नेपाल पराजित, सेमिफाइनलमा ओमनसँग भिड्ने     |    
समाचार

माधव नेपाललाई बादलको आरोप- राष्ट्रपति हुने गोप्य सम्झौतापछि राजीनामा

२५ भाद्र २०८३, बिहीबार २०:४८

काठमाडौं। नेकपा एमालेभित्रको आन्तरिक विवादमा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले माधवकुमार नेपालमाथि गम्भीर आरोप लगाएका छन्।

पार्टी पुनर्गठन र समीक्षाका क्रममा उपाध्यक्ष थापाले तयार पारेको प्रतिवेदनमा नेपालले पदलोलुपता देखाएको उल्लेख गरेका छन्।

एमाले महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमालेले व्यहोरेको हारको नैतिक जिम्मेवारी लिँदै तत्कालीन महासचिव माधवकुमार नेपालले राजीनामा दिएको उल्लेख छ।

पोखरेलको प्रतिवेदनमा नैतिकताका आधारमा नेतृत्वले जिम्मेवारी लिनु उपयुक्त हुने भन्दै नेपालको सो कदमलाई उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।

तर, कार्यदलका संयोजक समेत रहेका उपाध्यक्ष थापाले आफ्नो प्रतिवेदनमा उक्त राजीनामा नैतिकताका आधारमा नभई गोप्य सम्झौताका कारण भएको दाबी गरेका छन्। थापाले लेखेका छन्, ‘निर्वाचन परिणामलगत्तै पुष्पकमल दाहाल प्रचण्डसँगको गोप्य सल्लाहमा राष्ट्रपतिको उम्मेदवार बन्न महासचिव पदबाट राजीनामा गरिएको थियो।’

उपाध्यक्ष थापाले माधव नेपालको विगतको भूमिकामाथि प्रश्न उठाउँदै मनोनीत सांसद, समिति सभापति र प्रधानमन्त्री बनेको विषयलाई समेत नैतिकतासँग जोडेर टिप्पणी गरेका छन्। एमालेभित्र देखिएको यो विवादले पार्टीको आन्तरिक राजनीतिमा पुनः चर्चा पाएको छ।

प्रतिक्रिया दिनुहोस्