Trending
नरबहादुर खड्का (नरेश)ले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी, सातबुँदे प्रतिबद्धता सार्वजनिक     |     घेरा तोड्दै रामेछापबाट उदाइन् विनिता खड्का     |     लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान जोगाउन मन्त्री पोखरेलको निर्देशन     |     प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, डिजिटल शासनदेखि विपद् व्यवस्थापनसम्म     |     कानुन सुधारसँगै विकास र लगानीलाई गति दिन्छौँ : मन्त्री लम्साल     |     वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै     |     कर्णालीको मनमोहक दृश्यमा ‘साँची राखी माया मेरो’ सार्वजनिक     |     मतभेद बिर्सेर पार्टीलाई एकताका साथ अघि बढाऔँ : अध्यक्ष ओली     |     विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधनको तयारी     |     भोटेकोसी–त्रिशूली विपद् समिति सभापतिमा पराजुलीले लिए शपथ     |    
समाचार

माधव नेपाललाई बादलको आरोप- राष्ट्रपति हुने गोप्य सम्झौतापछि राजीनामा

२५ भाद्र २०८३, बिहीबार २०:४८

काठमाडौं। नेकपा एमालेभित्रको आन्तरिक विवादमा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले माधवकुमार नेपालमाथि गम्भीर आरोप लगाएका छन्।

पार्टी पुनर्गठन र समीक्षाका क्रममा उपाध्यक्ष थापाले तयार पारेको प्रतिवेदनमा नेपालले पदलोलुपता देखाएको उल्लेख गरेका छन्।

एमाले महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमालेले व्यहोरेको हारको नैतिक जिम्मेवारी लिँदै तत्कालीन महासचिव माधवकुमार नेपालले राजीनामा दिएको उल्लेख छ।

पोखरेलको प्रतिवेदनमा नैतिकताका आधारमा नेतृत्वले जिम्मेवारी लिनु उपयुक्त हुने भन्दै नेपालको सो कदमलाई उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।

तर, कार्यदलका संयोजक समेत रहेका उपाध्यक्ष थापाले आफ्नो प्रतिवेदनमा उक्त राजीनामा नैतिकताका आधारमा नभई गोप्य सम्झौताका कारण भएको दाबी गरेका छन्। थापाले लेखेका छन्, ‘निर्वाचन परिणामलगत्तै पुष्पकमल दाहाल प्रचण्डसँगको गोप्य सल्लाहमा राष्ट्रपतिको उम्मेदवार बन्न महासचिव पदबाट राजीनामा गरिएको थियो।’

उपाध्यक्ष थापाले माधव नेपालको विगतको भूमिकामाथि प्रश्न उठाउँदै मनोनीत सांसद, समिति सभापति र प्रधानमन्त्री बनेको विषयलाई समेत नैतिकतासँग जोडेर टिप्पणी गरेका छन्। एमालेभित्र देखिएको यो विवादले पार्टीको आन्तरिक राजनीतिमा पुनः चर्चा पाएको छ।

प्रतिक्रिया दिनुहोस्