Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता

४ आश्विन २०८३, आईतवार १०:१९

काठमाडौँ। बिनिता खड्काको राजनीतिक सक्रियता २०६४ सालबाट सुरु भयो। बाल कांग्रेसबाट सुरु भएको उनको यात्रा नेपाल विद्यार्थी संघ, स्थानीय चुनाव, तरुण दल र कांग्रेसको केन्द्रीय सदस्यसम्म आइपुगेको छ।

यसबीच उनले विद्यार्थी संगठनको आन्दोलनदेखि स्थानीय तहको चुनावी राजनीतिसम्मको अनुभव बटुलेकी छन्। यी फरक–फरक भूमिकाले उनलाई कांग्रेसको संगठनात्मक संरचना र कार्यकर्ता राजनीतिका विभिन्न तहसँग जोडेको छ।

यतिबेला महाधिवेशनका लागि गृहजिल्ला रामेछापमा खटिएकी बिनिताबारे यतिबेला कांग्रेस वृत्तमा चर्चा चल्न थालेको छ, उनीसंग सिनियर नेताको भिडन्त हुनेवाला छ।

विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएपछि उनले देखाएका राजनीतिक संस्कारले नेताहरू प्रभावित बनेका छन्। राजनीतिक जिम्मेवारीमात्र होइन उनले विभिन्न घटनाक्रममा गरेका टिप्पणी, विरोधका आधुनिक शैलीले समेत उनी चर्चामा छन्।

उनको यो अनुभाव, संस्कार र पहिचानले पदाधिकारीको लाइनमा उभ्याएको छ। अबको महाधिवेशनमा हुने दाबीले त्यही अनुभवलाई अझ उच्च तहको संगठनात्मक भूमिकामा लैजाने पक्का छ ।

दुई दशकको राजनीतिक अनुभव उनको दाबीको एउटा आधार भए पनि पदाधिकारीको जिम्मेवारीले संगठन चलाउने क्षमता, समन्वय र निर्णय कार्यान्वयनको थप परीक्षा लिनेछ। यही कारण आगामी महाधिवेशन उनको राजनीतिक यात्राको अर्को महत्वपूर्ण मोड हुनेछ।

प्रतिक्रिया दिनुहोस्