Trending
भाटभटेनी संस्थाद्वारा बागमती प्रदेशका पाँच मन्त्री सम्मानित     |     काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात     |     एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित       |     २४सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन     |     कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा वाग्ले टर्कीए प्रस्थान     |     काठमाण्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य     |     लक्ष्मीपूजाको उज्यालोमा विद्युत् व्यवस्थापनको सफल परीक्षा     |     कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित     |     यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई     |     तारा अधिकारी निर्देशित चलचित्र ‘तिलस्मी’को फस्र्ट लुक सार्वजनिक     |    
समाचार

एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा ओली

५ आश्विन २०८३, सोमबार २१:२४

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट दिशासहित अघि बढाउने बताएका छन् ।

ललितपुरको भनिमण्डलमा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकलाई आज सम्बोधन गर्दै उनले लोकतन्त्रका संस्थागत रक्षा गर्नु एमालेको पनि प्रमुख जिम्मेवारी भएकाले नयाँ योजनासहित राष्ट्र, जनताका पक्षमा निरन्तर लाग्ने बताए ।

अध्यक्ष ओलीले पार्टीको पुनःनिर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको संरक्षणलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । अहिले बसिरहेका बैठक केवल निर्वाचन परिणामको समीक्षा गर्ने थलो नभई पार्टीको अवस्था, कमजोरी र भावी दिशाबारे गम्भीर आत्मसमीक्षा गर्ने अवसर भएको उनले बताए ।

ओलीले निर्वाचनबाट प्राप्त नतिजाबाट शिक्षा लिँदै पार्टीभित्रका कमजोरी पहिचान गर्न, जनतासँगको सम्बन्ध अझ बलियो बनाउन तथा सङ्गठनलाई सुदृढ गर्न आवश्यक रहेको उल्लेख गर्दै भने, “गत फागुनमा सम्पन्न भएको निर्वाचनमा एमाले कमजोर भएको छ, तर यसको जरा सुकेको छैन ।”

ओलीले राजनीतिक स्थिरता नरुचाउने शक्ति अझै सक्रिय रहेका आरोप लगाउँदै सरकार र नेतृत्वविरुद्ध अफवाह, गलत सूचना, घृणा र अविश्वास फैलाउने प्रयास भइरहेकाले यसतर्फ सबै सचेत भई स्थायीत्व कायम गर्नुपर्नेमा दिए ।

प्रतिक्रिया दिनुहोस्