Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |    
समाचार

विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग

६ आश्विन २०८३, मंगलवार १३:१२

काठमाडौँ। चीनको तिब्बत क्षेत्रबाट बगेको नदीमा आएको विनाशकारी बाढीका कारण भएको ठूलो जनधनको क्षतिले कैयौँ परिवारलाई विस्थापित बनायो।

आफन्त गुमाउनेदेखि परिवार तथा समुदाय नै छिन्नभिन्न हुने अवस्थासम्मको यस प्राकृतिक विपत्तिले सिंगो समाजलाई राष्ट्रिय शोकमा डुबायो।

यस दुःखद् घडीमा विपत्तिबाट प्रभावित तथा विच्छेदित परिवार र समुदायको पीडामा मलम लगाउने उद्देश्यले विभिन्न व्यक्ति, संघ–संस्था तथा सामाजिक अभियन्ताहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग र उद्धारमा हातेमालो गरे।

यसै क्रममा लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सुरक्षा सेवा प्रदान गर्दै आएको डिडी सेक्युरिटीजले आफ्ना सयौँ तालिमप्राप्त कर्मचारीलाई उद्धार तथा राहत कार्यमा फिल्डमा खटाएको थियो। कम्पनीका कर्मचारीहरूले शव संकलन, उद्धार तथा विभिन्न आपत्कालीन परिस्थितिमा आवश्यक सहयोग पुर्‍याउँदै मानवीय सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरे।

डिडी सेक्युरिटीजका अध्यक्ष तथा समाजसेवी कलाकर्मी देवेन्द्र बजगाईँले विपत्तिको समयमा अग्रपङ्क्तिमा खटिएर उद्धार तथा राहत कार्यमा संलग्न कर्मचारीहरूको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै उनीहरूको उदार भावना, निष्ठा, साहस र सेवाभावको सम्मानस्वरूप सार्वजनिक कार्यक्रममार्फत कदरपत्र प्रदान गर्नुभयो।

कार्यक्रममा अध्यक्ष बजगाईँले राष्ट्रिय विपत्तिको समयमा सबै एकजुट भएर पीडित तथा बिछोडिएका परिवारको दुःखमा साथ दिनुपर्ने बताउँदै मानवीय सहअस्तित्व, सद्भाव र एकताको अभियानमा डिडी सेक्युरिटीज परिवार सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

उहाँले विपत्तिले सिर्जना गरेको पीडा र क्षतिबाट माथि उठ्दै देशलाई पुनः विकास र समृद्धिको बाटोतर्फ अघि बढाउन राष्ट्रिय एकता, सहकार्य र सामाजिक सद्भाव आवश्यक रहेको बताउनुभयो। साथै, राष्ट्रिय शोकको यस घडीमा सबै नेपालीलाई एकजुट भई पीडित परिवारको साथमा उभिन तथा राष्ट्र निर्माणमा समर्पित हुनसमेत आह्वान गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्