Trending
कांग्रेसमा नाराभन्दा नीति र परिणामको संस्कार आवश्यक : बिनिता खड्का     |     राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान     |     आदिवासी कथा र संस्कृतिको अन्तर्राष्ट्रिय उत्सव : दोस्रो एनआईएफएफमा सिक्किमका मन्त्रीदेखि नेपाली कलाकारसम्म     |     विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |    
समाचार

कांग्रेसमा नाराभन्दा नीति र परिणामको संस्कार आवश्यक : बिनिता खड्का

९ आश्विन २०८३, शुक्रबार १८:५०

काठमाडौं। नेपाली कांग्रेसको आगामी महाधिवेशनसँगै पार्टीभित्र नेतृत्वसँगै राजनीतिक संस्कारबारे बहस पनि चर्किएको छ।

कांग्रेस केन्द्रीय सदस्य बिनिता खड्काले पार्टीलाई व्यवहारमा नागरिकसँग जोड्ने गरी काम गर्ने संस्कार विकास गर्नुपर्ने बताएकी छन्।

खड्काका अनुसार कांग्रेसको प्रभाव नाराको शैलीले होइन, नीतिको स्पष्टता र त्यसबाट देखिने परिणामले स्थापित हुनुपर्छ। पदलाई प्रतिष्ठाभन्दा जिम्मेवारीका रूपमा बुझ्ने राजनीतिक संस्कार आवश्यक रहेको उनको भनाइ छ।

“नाराभन्दा नीति, भाषणभन्दा परिणाम र पदभन्दा जिम्मेवारीलाई प्राथमिकता दिने राजनीतिक संस्कारको विकास गरौँ। कांग्रेस चुनावको समयमा मात्र देखिने होइन, नागरिकलाई समस्या पर्दा भरोसा गर्न सकिने पार्टी बन्नुपर्छ।” विनिताले भनिन् ।

कांग्रेसलाई चुनावकेन्द्रित गतिविधिबाट बाहिर निकालेर समाजसँग जोड्ने र नागरिकको भरोसा पुनःस्थापित गर्ने विषय समेत पार्टीको बहसमा प्रवेश गर्नुपर्ने बिनिता बताइन्।

प्रतिक्रिया दिनुहोस्