Trending
नारायणीको बाढीपछि सुस्ताका ८०० भन्दा बढी नागरिक सुरक्षित     |     बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार कार्य, ६८४ जनाको उद्धार     |     नारायणी नदीमा बगेको क्रुज पुलमा अड्कियो, उच्च जोखिम     |     चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने     |     देउवा समूहको निर्वाचन निर्देशिका : १८ देखि २८ वर्ष उमेर समूहको अनिवार्य प्रतिनिधित्व     |     रास्वपाद्वारा सांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम     |     कांग्रेसमा एक उपसभापति पक्का, अर्को एक पदका लागि आकांक्षीको दौड     |     कांग्रेसमा नाराभन्दा नीति र परिणामको संस्कार आवश्यक : बिनिता खड्का     |     राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान     |     आदिवासी कथा र संस्कृतिको अन्तर्राष्ट्रिय उत्सव : दोस्रो एनआईएफएफमा सिक्किमका मन्त्रीदेखि नेपाली कलाकारसम्म     |    
समाचार

नारायणी नदीमा बगेको क्रुज पुलमा अड्कियो, उच्च जोखिम

११ आश्विन २०८३, आईतवार २०:३०

नवलपुर। नारायणी नदीमा आएको बाढीले किनारमा राखिएको राइनो क्रुज बगाएर पुलको पिलरमा अड्काएको छ।

नेपालको पहिलो र ठुलो क्रुज पुलमा अड्किएपछि पुलको सुरक्षामा गम्भीर चुनौती थपिएको नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताए।

क्रुजलाई तान्न सक्ने सम्भावना नरहेकाले क्रेनको सहायताले फुटाएर पन्छाउने विषयमा सडक डिभिजन कार्यालयसँग छलफल भइरहेको छ।

सहायक प्रजिअ रानाका अनुसार रातको समय र नदीको उच्च बहावका कारण उद्धार कार्यमा कठिनाइ भएको छ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक लक्ष्मण गिरीले क्रुजका कारण नारायणी पुलको पिलर भाँचिने जोखिम बढेको बताए। सो क्रुज भदौ १० गतेको भोटेकोशी बाढीमा समेत सुरक्षित रहेको थियो।

गैँडाकोटस्थित नारायणी नदीमा गत माघ १८ गतेदेखि सञ्चालनमा आएको उक्त क्रुज राइनो वाटर इन्टरटेनमेन्ट प्रालि र होटल रिभर क्राउन प्रालिले ५० करोड रुपैयाँको लगानीमा सञ्चालनमा ल्याएका थिए।

रिभर क्राउन प्रालिका प्रबन्ध निर्देशक दीपक ढुंगेलका अनुसार साढे दुई तले सो क्रुज ९५ फिट लामो र २१ फिट चौडा छ। क्रुजको क्षमता दुई सय जनासम्मको भए पनि एक सय ५० जनालाई सेवा दिने गरी सञ्चालन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्