Trending
नारायणीको बाढीपछि सुस्ताका ८०० भन्दा बढी नागरिक सुरक्षित     |     बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार कार्य, ६८४ जनाको उद्धार     |     नारायणी नदीमा बगेको क्रुज पुलमा अड्कियो, उच्च जोखिम     |     चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने     |     देउवा समूहको निर्वाचन निर्देशिका : १८ देखि २८ वर्ष उमेर समूहको अनिवार्य प्रतिनिधित्व     |     रास्वपाद्वारा सांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम     |     कांग्रेसमा एक उपसभापति पक्का, अर्को एक पदका लागि आकांक्षीको दौड     |     कांग्रेसमा नाराभन्दा नीति र परिणामको संस्कार आवश्यक : बिनिता खड्का     |     राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान     |     आदिवासी कथा र संस्कृतिको अन्तर्राष्ट्रिय उत्सव : दोस्रो एनआईएफएफमा सिक्किमका मन्त्रीदेखि नेपाली कलाकारसम्म     |    
समाचार

नारायणीको बाढीपछि सुस्ताका ८०० भन्दा बढी नागरिक सुरक्षित

११ आश्विन २०८३, आईतवार २०:३५

काठमाडौं। अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढी सुस्ता गाउँपालिका-५ मा पसेपछि त्यहाँका ८०० भन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।

शुक्रबारदेखि बाढी बस्तीमा पसेपछि स्थानीय प्रशासनले उनीहरूलाई नदीवारि रहेको बिपी माध्यमिक विद्यालयमा स्थानान्तरण गरेको हो।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार सुस्ता क्षेत्रमा २१९ घरधुरीमा एक हजार ४५० भन्दा बढी मानिसको बसोबास रहेको छ।

तीमध्ये केही स्थानीय बासिन्दा आफैं आफन्तको घरमा गएका थिए भने बाँकीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो।

प्रजिअ नेपालले नदीमा जलसतह बढेका कारण झोलुङ्गे पुल प्रयोग गर्न कठिनाइ हुँदा उद्धार कार्यमा केही ढिलाइ भएको जानकारी दिए। हाल पीडितहरूलाई विद्यालयमा राखिएको छ। साथै, उद्योग वाणिज्य महासङ्घ नवलपरासी र नेपाल रेडक्रस सोसाइटीले उक्त क्षेत्रमा राहत सामग्री पुर्‍याएका छन्।

यसैबीच, गण्डक ब्यारेजमा पानीको बहाव उच्च मापन गरिएको छ। गण्डक योजना कार्यालय भैसालोटनका अधिकृत सोभित हलुवाईका अनुसार ब्यारेजमा चार लाख ७९ हजार १०० क्यूसेक पानी मापन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्