Trending
पृथ्वी राजमार्ग अवरुद्ध हुँदा बल्खुदेखि कलंकीसम्म ट्रकको लामो लाइन     |     नारायणीको पुलमा अड्किएको राइनो क्रुज निकाल्ने प्रयास असफल     |     कांग्रेस देउवा समूहद्वारा महाधिवेशनका लागि उम्मेदवारी शुल्क निर्धारण     |     चोलेन्द्र पक्राउप्रति सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण     |     नारायणीको बाढीपछि सुस्ताका ८०० भन्दा बढी नागरिक सुरक्षित     |     बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार कार्य, ६८४ जनाको उद्धार     |     नारायणी नदीमा बगेको क्रुज पुलमा अड्कियो, उच्च जोखिम     |     चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने     |     देउवा समूहको निर्वाचन निर्देशिका : १८ देखि २८ वर्ष उमेर समूहको अनिवार्य प्रतिनिधित्व     |     रास्वपाद्वारा सांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम     |    
समाचार

चोलेन्द्र पक्राउप्रति सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण

१२ आश्विन २०८३, सोमबार २१:३४

काठमाडौं। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएको घटनाप्रति सर्वोच्च अदालतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सोमबार बसेको सर्वोच्च अदालतको फुलकोर्ट बैठकले जबरालाई मध्यरातमा घरबाट नियन्त्रणमा लिई १० घण्टासम्म प्रहरी कार्यालयमा राखिएको विषयलाई लिएर असन्तुष्टि व्यक्त गरेको हो।

बैठकपछि जारी गरिएको विज्ञप्तिमा कानुनको उचित प्रक्रिया पालना नभएको भन्दै आपत्ति जनाइएको छ। अदालतले स्वेच्छाचारी ढंगले गरिने कुनै पनि कामकारबाही लोकतान्त्रिक शासन प्रणालीमा स्वीकार्य हुन नसक्ने स्पष्ट पारेको छ।

‘कानुनको उचित प्रक्रिया पूरा नगरी गरिने कामकारबाहीमा स्वेच्छाचारिताको प्रचुरता रहने हुँदा त्यस्ता कामकारबाहीलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न सक्दैन भन्ने हाम्रो दृढ प्रतिवद्धता छ’, विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्