Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

‘पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी’

२० आश्विन २०८१, आईतवार १२:४४

२१ असोज,काठमाडौँ। पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी हुने अध्ययनले देखाएको छ ।

महिलाहरूमा विभिन्न मनोसामाजिक कारणले गर्दा मानसिक स्वास्थ्य समस्याको जोखिम पुरुषको तुलनामा बढी रहेको अध्ययनहरूले देखाएको परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताए ।

गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यलाई मध्यनजर गरी मानसिक स्वास्थ्य (ओपीडी) सेवा र नवजात शिशुमा हुन सक्ने मेटाबोलिक रोग पत्ता लगाउन गरिने न्युबर्न स्क्रिनिङ सेवाको शुभारम्भ कार्यक्रममा उनले गर्भधारण गरेका र सुत्केरी महिलामा मानसिक तनाव, उदासीनताजस्ता समस्याको जोखिम अझ बढी हुने उल्लेख गरे । उनका अनुसार, विकसित देशहरूमा करिब १० प्रतिशत सुत्केरी महिलामा मानसिक समस्या देखिने गरेको छ ।

नेपालजस्ता न्युन आय भएका देशहरूमा २० प्रतिशत महिलामा गर्भवती, सुत्केरी अवस्थामा मानसिक समस्या हुने अध्ययनले देखाएको निर्देशक डा. अधिकारीले बताए । सुत्केरीपश्चात् एक वर्षभित्र ज्यान गुमाउने महिलामध्ये २० प्रतिशतको मृत्यु आत्महत्याबाट हुने गरेको उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्