Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

‘पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी’

२० आश्विन २०८१, आईतवार १२:४४

२१ असोज,काठमाडौँ। पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी हुने अध्ययनले देखाएको छ ।

महिलाहरूमा विभिन्न मनोसामाजिक कारणले गर्दा मानसिक स्वास्थ्य समस्याको जोखिम पुरुषको तुलनामा बढी रहेको अध्ययनहरूले देखाएको परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताए ।

गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यलाई मध्यनजर गरी मानसिक स्वास्थ्य (ओपीडी) सेवा र नवजात शिशुमा हुन सक्ने मेटाबोलिक रोग पत्ता लगाउन गरिने न्युबर्न स्क्रिनिङ सेवाको शुभारम्भ कार्यक्रममा उनले गर्भधारण गरेका र सुत्केरी महिलामा मानसिक तनाव, उदासीनताजस्ता समस्याको जोखिम अझ बढी हुने उल्लेख गरे । उनका अनुसार, विकसित देशहरूमा करिब १० प्रतिशत सुत्केरी महिलामा मानसिक समस्या देखिने गरेको छ ।

नेपालजस्ता न्युन आय भएका देशहरूमा २० प्रतिशत महिलामा गर्भवती, सुत्केरी अवस्थामा मानसिक समस्या हुने अध्ययनले देखाएको निर्देशक डा. अधिकारीले बताए । सुत्केरीपश्चात् एक वर्षभित्र ज्यान गुमाउने महिलामध्ये २० प्रतिशतको मृत्यु आत्महत्याबाट हुने गरेको उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्