Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

सडकबाट सम्भव नभए हेलिकप्टर प्रयोग गरेर भए पनि राहत पुर्‍याउनू : गृहमन्त्री

२० आश्विन २०८१, आईतवार १२:५१

२१ असोज,काठमाडौँ। गृहमन्त्री रमेश लेखकले संघ, प्रदेश र स्थानीय तह गरी तीनवटै तहले विपद् व्यवस्थापनमा मिलेर काम गर्नुपर्ने बताएका छन् ।

आइतबार ललितपुरको विभिन्न प्रभावित क्षेत्रको निरीक्षणपछि जिल्ला प्रशासन कार्यालय ललितपुरमा आयोजित विपद् व्यवस्थापन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले विपद्को समयमा सबै गुनासा र विमतिलाई थाती राखेर सबै मिलेर एककार भएर काम गर्नुपर्नेमा जोड दिए।

‘राजनीतिक दलहरु हिजो पनि विपद्मा एकजुट भएर सामाना गरेको इतिहास छ,’ उनले भने, ‘अहिलेको पीडादायी अवस्थामा पनि सबै मिलेर अघि बढ्नुपर्छ।’

उनले खोज उद्धारका साथै तत्कालै राहत र अत्यावश्यक सेवाको सुनिश्चितता गर्न आग्रह गर्दै गृहमन्त्री लेखकले सडकबाट सम्भव नभए हेलिकप्टर प्रयोग गरेर भए पनि राहत पुर्‍याउन निर्देशन दिए। ललितपुरमा विपद्मा परी मृत्यु भएका ४५ मध्ये ३९ जना मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ।

मन्त्री लेखकले पूर्ण रुपले घर क्षति भएका पाउन योग्य लाभग्राहीको नाम स्थानीय तहबाट तत्कालै पठाउन आग्रह समेत गरे। बैठकमा प्रतिनिधिसभा सदस्य उदय शमशेर राणा, डा. तोसिमा कार्की, प्रेमबहादुर महर्जन लगायतले आफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्