Trending
राष्ट्रिय योजना आयोगद्वारा नीतिगत तथा कार्यक्रमगत प्रतिवेदन अर्थ मन्त्रालयमा पेश     |     प्रधानमन्त्रीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खलाका प्रतियोगीहरुको भेट     |     ‘महाभोज’का दुई नयाँ पोस्टर रिलिज, मङ्‌गलवार टिजर आउने     |     तेवान्दो टोली चीन जाने     |     भिभो वाई २९ नेपालमा सार्वजनिक     |     चीनमा पहिलोपटक रोबोट हाफ–म्याराथन सम्पन्न     |     राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारको आवेदन दिने भोलि अन्तिम दिन     |     ‘वैदेशिक रोजगारमा कानून विपरित भइरहेको लाखौं असुलीबारे दुई तिहाईको सरकारलाई थाहा छ की छैन् ?’…     |     गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न सर्वोच्चमा पूरक निवेदन     |     देश विकासमा पूूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री     |    
समाचार

दुर्घटनामा प्रहरी जवानको मृत्यु

२१ आश्विन २०८१, सोमबार ०३:४६

२१ असोज,मोरङ। मोरङको बेलबारी नगरपालिका–८ चिसाङ पुल नजिक आइतबार साँझ कार र मोटरसाइकल ठोक्किँदा नेपाल प्रहरीका एक जवानको मृत्यु भएको छ ।

कारसँग ठोक्किँदा मोटरसाइकलमा सवार प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार ठोक्किएर साँझ ६:४० बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा प्रहरी जवान राईको मृत्यु भएको उनले बताए।

प्रहरीका अनुसार संखुवासभाको सिलिचुङ गाउँपालिका–२ घर भएका राई सुनसरीको अस्थायी प्रहरी चौकी नडाहामा कार्यरत थिए। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो।

अस्पताल ल्याइपुर्‍याउन साथ चिकित्सकले मृत घोषित गरेका हुन् ।  शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ । घटनास्थलको प्रकृति हेर्दा विपरीत दिशाबाट आउँदै गरेको कारको लेनमा पुगेर मोटरसाइकल ठोक्किए जस्तो देखिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्