Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

दुर्घटनामा प्रहरी जवानको मृत्यु

२१ आश्विन २०८१, सोमबार ०३:४६

२१ असोज,मोरङ। मोरङको बेलबारी नगरपालिका–८ चिसाङ पुल नजिक आइतबार साँझ कार र मोटरसाइकल ठोक्किँदा नेपाल प्रहरीका एक जवानको मृत्यु भएको छ ।

कारसँग ठोक्किँदा मोटरसाइकलमा सवार प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार ठोक्किएर साँझ ६:४० बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा प्रहरी जवान राईको मृत्यु भएको उनले बताए।

प्रहरीका अनुसार संखुवासभाको सिलिचुङ गाउँपालिका–२ घर भएका राई सुनसरीको अस्थायी प्रहरी चौकी नडाहामा कार्यरत थिए। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो।

अस्पताल ल्याइपुर्‍याउन साथ चिकित्सकले मृत घोषित गरेका हुन् ।  शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ । घटनास्थलको प्रकृति हेर्दा विपरीत दिशाबाट आउँदै गरेको कारको लेनमा पुगेर मोटरसाइकल ठोक्किए जस्तो देखिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्