Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

वर्षाका कारण सुनसरीमा १७ करोड मूल्य बराबरको क्षति

२१ आश्विन २०८१, सोमबार १२:५१

२१ असोज,सुनसरी। वर्षाका कारण सुनसरीको कृषि क्षेत्रमा मात्रै रु १७ करोड ११ लाख ८० हजार मूल्य बराबरको क्षति भएको छ ।

जिल्लाका विभिन्न ठाउँमा लगाइएको अन्नबाली, केरा खेती, तरकारी, उखुलगायत नगदेबाली नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीनलाल श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार ४८ हजार नौ हेक्टरमा लगाइएको धानबालीमध्ये नौ सय ३५ हेक्टरको धान नष्ट हुँदा रु आठ करोड ३८ लाख मूल्य बराबरको क्षति भएको छ । त्यसैगरी पाँच सय १० हेक्टरमा लगाइएको केरा खेती जसमा ३८ दशमलव २५ हेक्टर नष्ट हुँदा रु ३७ लाख मूल्य बराबरको क्षति भएको छ ।

सागसब्जी तरकारी आठ हजार एक सय ५३ हेक्टरमा लगाइएकामा तीन सय ५४ हेक्टर नष्ट हुँदा रु चार करोड ५२ लाख बराबरको क्षति भएको छ । उखु पाँच हजार आठ सय ७७ हेक्टरमा लगाइएकामा एक सय २४ हेक्टरमा नष्ट हुँदा रु दुई करोड ८० लाख बराबरकोको क्षति भएको जनाइएको छ । जुट एक हजार तीन सय आठ हेक्टरमा लगाइएकामा ९७ हेक्टरमा नष्ट हुँदा रु १० लाख ४८ हजार बराबरको क्षति भएको अधिकृत श्रेष्ठले जानकारी दिए ।

सुनसरीमा सबैभन्दा बढी देवानगञ्ज, कोशी, भोक्राह नसिङ्ग गाउँपालिका र इनरुवा नगरपालिकामा क्षति भएको छ । सूचना अधिकारी श्रेष्ठले भने, “क्षति विवरण सङ्कलन गरिरहेका छौँ । सबै पालिकामा पत्र पठाइसकेका छौँ । आउने क्रम जारी छ ।”

प्रतिक्रिया दिनुहोस्