Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

२२ आश्विन २०८१, मंगलवार ०२:१०

२२ असोज,काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तोकेको तरकारी तथा फलफूलको थोक मूल्यसूचीअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य १५० रुपैयाँ कायम भएको छ ।

जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ७८ रुपैयाँ पुगेको छ भने सुकेको प्याज तीन रुपैयाँले घटेर ११२ रुपैयाँ कायम रहेको छ ।त्यस्तै, स्थानीय काउलीको मूल्य प्रतिकेजी ९० रुपैयाँ पुगेको छ भने रातो मूला २० रुपैयाँले बढेर ५० रुपैयाँ पुगेको छ । रायोको साग प्रतिकेजी १ं० रुपैयाँले घटेर १४० रुपैयाँ, बरेला १४० रुपैयाँ, कन्य च्याउ १७० रुपैयाँ, ब्रोकाउली १६० रुपैयाँ रहेको छ ।

यसैगरी आलु रातोको ८४, प्याज सुकेको भारतीयको ११८, काउली स्थानीयको १००, लौकाको ८०, तामाको १००, जुनारको ३००, अनारको ३५० रुपैयाँ तोकिएको छ ।

मूल्यसूची विस्तृतमाः

प्रतिक्रिया दिनुहोस्