Trending
‘किसान पलायन भए उद्योग व्यवसाय पनि सबल रहँदैन’     |     प्रभु साहले भने, ‘जो प्रहरी उही चोर, कहीँ पनि छैन्, जो बैंकर छ, उहीँ ऋणी…     |     ४५ प्रतिशत कमिशनकै नाममा आज तराईका मान्छे दिनदाहाडै लुटिएका छन् : प्रभु साह     |     कुुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुुपर्छ : प्रधानमन्त्री     |     एनसेलद्वारा भैरहवामा पहिलो ‘सप इन सप’ सेवा सुरु     |     महालक्ष्मी विकास बैंक स्क्यान टु क्यास सुरु गर्ने पहिलो विकास बैंक     |     साइमेक्स इंकद्वारा देशभर बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा     |     नेपाल राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश     |     काइयी एक्सचेन्ज कार्निभल २०८२ वैशाख २६ देखि थापाथलीमा सुरु हुँदै     |     ‘ह्याक फर नेपाल’ ४८ घण्टे ह्याकाथन जेठ १५ देखि एनसीआईटीमा हुने     |    
समाचार

दुर्गा प्रसाईं समर्थित समूहले ट्रक आगजनी गर्दा घाइते भएका चालकको मृत्यु

२२ आश्विन २०८१, मंगलवार ०४:०२

२२ असोज, काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा झापामा ट्रकमा आगजनी गरेका उनका आठ जना समर्थकलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा समेत कारबाही अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी निरीक्षक मेहेन्दी तामाङका अनुसार गम्भीर घाइते रहेका चालकको उपचारको क्रममा मृत्यु भएको हो।

मृतक भारतको इस्लामपुर बस्ने ४० वर्षीय पोदो राय छन्। उनी असोज ७ गते डब्ल्यु बी ७३ ई ३०५६ भारतीय नम्बरको गाडी चलाएर बिर्तामोड-६ गिरिबन्धु टी-इस्टेट हुँदै काँकडभिट्टातर्फ जाँदै थिए। त्यसक्रममा एक समूहले उनलाई रोकेर कुटपिट एवं पेट्रोल झर्केर गाडीमा आगजनी गरी फरार भएका थिए। आगजनी गर्ने क्रममा चालक पनि गम्भीर भएका थिए।

प्रहरीका अनुसार झापाको हल्दीबारी–१ का ४० वर्षीय भीम तुम्बापो लिम्बु, हल्दिबारी–१, का २४ वर्षीय विवश लिम्बु, हल्दिबारी १ कै ५१ वर्षीय विरबहादुर गुरुङ, विर्तामोड ७ का ३३ वर्षीय सुरेश चौधरी, विर्तामोड ३ का ३५ वर्षीय उदय लिम्बु, बुद्धशान्ति गाउँपालिका ४ का बलिहाङ माबो लिम्बु, मेचीनगर नगरपालिका–६ का ३४ वर्षीय राजेश महत र अर्जुनधारा नगरपालिका– ९ का ३८ वर्षीय रुद्र भुजेललाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको छ ।

यही असोज ६ गते राति साढे १० बजे झापाको कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा युपी ५७ एटी ४४९३ नम्बरको भारतीय ट्रक र असोज ७ गते बिहान साढे २ बजेतिर बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्ल्यूबी ७३ ई ३०५६ नम्बरको भारतीय मालवाहक ट्रकमा प्रसाईंका समर्थकले आगजनी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्