Trending
बर्डफ्लु पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द     |     बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते     |     मेक्सिको बन्यो नकआउट चरण पुग्ने पहिलो टिम     |     नेयमारको प्रतीक्षा लम्बियो, हाईटीविरुद्ध नखेल्ने     |     कोशीका मन्त्रीको क्वार्टरमा प्रहरीको छापा     |     कक्षा १२ को नतिजा सार्वजनिक : नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण     |     राप्रपाको महाधिवेशन मंसिर २६ देखि २८ सम्म गर्ने प्रस्ताव     |     सीप विकासमार्फत आत्मनिर्भर बनाउने अभियानमा माँ भाटभटेनी संस्था     |     विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गर्दै मन्त्रालय     |     उज्वेकिस्तानमाथि कोलम्बियाको जित     |    
समाचार

दुर्गा प्रसाईं समर्थित समूहले ट्रक आगजनी गर्दा घाइते भएका चालकको मृत्यु

२२ आश्विन २०८१, मंगलवार ०४:०२

२२ असोज, काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा झापामा ट्रकमा आगजनी गरेका उनका आठ जना समर्थकलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा समेत कारबाही अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी निरीक्षक मेहेन्दी तामाङका अनुसार गम्भीर घाइते रहेका चालकको उपचारको क्रममा मृत्यु भएको हो।

मृतक भारतको इस्लामपुर बस्ने ४० वर्षीय पोदो राय छन्। उनी असोज ७ गते डब्ल्यु बी ७३ ई ३०५६ भारतीय नम्बरको गाडी चलाएर बिर्तामोड-६ गिरिबन्धु टी-इस्टेट हुँदै काँकडभिट्टातर्फ जाँदै थिए। त्यसक्रममा एक समूहले उनलाई रोकेर कुटपिट एवं पेट्रोल झर्केर गाडीमा आगजनी गरी फरार भएका थिए। आगजनी गर्ने क्रममा चालक पनि गम्भीर भएका थिए।

प्रहरीका अनुसार झापाको हल्दीबारी–१ का ४० वर्षीय भीम तुम्बापो लिम्बु, हल्दिबारी–१, का २४ वर्षीय विवश लिम्बु, हल्दिबारी १ कै ५१ वर्षीय विरबहादुर गुरुङ, विर्तामोड ७ का ३३ वर्षीय सुरेश चौधरी, विर्तामोड ३ का ३५ वर्षीय उदय लिम्बु, बुद्धशान्ति गाउँपालिका ४ का बलिहाङ माबो लिम्बु, मेचीनगर नगरपालिका–६ का ३४ वर्षीय राजेश महत र अर्जुनधारा नगरपालिका– ९ का ३८ वर्षीय रुद्र भुजेललाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको छ ।

यही असोज ६ गते राति साढे १० बजे झापाको कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा युपी ५७ एटी ४४९३ नम्बरको भारतीय ट्रक र असोज ७ गते बिहान साढे २ बजेतिर बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्ल्यूबी ७३ ई ३०५६ नम्बरको भारतीय मालवाहक ट्रकमा प्रसाईंका समर्थकले आगजनी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्