Trending
बर्डफ्लु पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द     |     बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते     |     मेक्सिको बन्यो नकआउट चरण पुग्ने पहिलो टिम     |     नेयमारको प्रतीक्षा लम्बियो, हाईटीविरुद्ध नखेल्ने     |     कोशीका मन्त्रीको क्वार्टरमा प्रहरीको छापा     |     कक्षा १२ को नतिजा सार्वजनिक : नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण     |     राप्रपाको महाधिवेशन मंसिर २६ देखि २८ सम्म गर्ने प्रस्ताव     |     सीप विकासमार्फत आत्मनिर्भर बनाउने अभियानमा माँ भाटभटेनी संस्था     |     विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गर्दै मन्त्रालय     |     उज्वेकिस्तानमाथि कोलम्बियाको जित     |    
समाचार

हिरो मोटरसाइकलको नयाँ एक्सपल्स प्रो-रैली संस्करण सार्वजनिक

२२ आश्विन २०८१, मंगलवार १२:५८

काठमाडौं। नेपालका लागि हिरो मोटरसाइकलको एकल आधिकारिक विक्रेता सीजी मोटर्सले नयाँ एक्सपल्स प्रो–रैली संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ ।

शहर तथा अफ–रोड दुबै क्षेत्रमा उत्कृष्ट सवारी अनुभव दिन सफल एक्सपल्स ग्राहकहरूको पहिलो रोजाइको बाइक बन्दै गइरहेको कम्पनीको दावी छ । साथै, ग्राहकलाई थप आत्मविश्वास दिलाउन र बाइकसँगको सम्बन्ध अझ प्रगाढ बनाउने सोचका साथ सीजी मोटर्सले एक्सओएक्स (एक्सपल्स ओनर एक्सपेरियन्स) राइड्सको पनि आयोजना गर्दै आइरहेको छ ।

होन्डा मोटरसाइकलको पार्ट्सका साथै बाइक माइन्डेडले शार्क, नोलान र एसएमके जस्ता प्रमुख ब्रान्डका उत्कृष्ट हेलमेटहरू पनि उपलब्ध गराउने छ । यी हेलमेटहरू विशेष गरी सडकमा सुरक्षा र स्टाइललाई प्राथमिकता दिने सवारहरूका लागि सुरक्षा, आराम र नयाँ डिजाइनका लागि प्रसिद्ध छन् ।

राइडरहरुले यहाँ सेगुरा र बेरिङका उच्च–स्तरका राइडिङ गियरहरू पनि पाउने छन्, जसले टिकाउपन, आराम र अत्याधुनिक प्रविधिको लागि ख्याति प्राप्त गरेका छन्। साथै, बाइक माइन्डेडले ट्रिप मेसिन कर्पोरेसनबाट एसेसरिज पनि उपलब्ध गराउँछ, जसले ग्राहकको बाइकमा कार्यक्षमता र स्टाइल थप्न मद्दत गर्दछ।

हालै सार्वजनिक एक्सपल्स प्रो संस्करण एक्सपल्स २०० फोरभीको अपडेटेड संस्करण हो । सार्वजनिक नयाँ मोटरसाइकलमा ८३१ एमएमको अग्लो सिट उचाइका साथै ह्यान्डल बार उठाउने सुविधा समेत उपलब्ध छ ।

२५० एमएमको पूर्ण रूपमा एडजस्ट गर्न मिल्ने अगाडिको सस्पेन्सन सहितको यो बाइकमा लामो साइड स्ट्यान्ड र लामो गियर लिभरपनि उपलब्ध गरिएको छ । २७० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स सहितको एक्सपल्स प्रो मा १९९.६ सीसी क्षमताको इन्जिन दिइएको छ ।

यसले १८.९ एचपी अधिकतम पावरमा ८५०० आरपीएम र १७.३५ एनएम टर्क मा ६५०० आरपीएम उत्पादन गर्ने क्षमता राख्छ । यसमा ५ स्पीड गियरबक्स उपलब्ध गरिएको छ भने, १६१ किलोग्राम वजन, र १३ लिटर इन्धन क्षमता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्