Trending
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त     |     ढुंगा लागेर सल्यानमा एक जनाको मृत्यु     |     सुर्खेतमा नक्कली विवाहमार्फत ठगी गर्ने दुई जना पक्राउ     |     नेपाल–अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगो : परराष्ट्रमन्त्री     |     सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन     |     एनपिएल खेल्न अष्ट्रेलियाका क्रिस लिन आउँदै !     |     पोस्टरसहित चलचित्र ‘जूबा’को घोषणा     |     यु–२३ एसियन कप छनोट: नेपालले आज ताजिकिस्तानसँग खेल्दै     |     सुनको मूल्य हालसम्मकै उच्च     |     नेपाल ‘ए’ टोलीले जित्यो आसामविरुद्धको सिरिज     |    
समाचार

नाकामा तालिम प्राप्त कुकुर परिचालन

२२ आश्विन २०८१, मंगलवार १३:०४

२२ असोज,कञ्चनपुर। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ । प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार जिल्लाभर आठ सय १५ सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

“जनशक्ति थप गरेर सुरक्षा जाँचमा कडाइ गरिएको छ,” प्रहरी उपरीक्षक जोशीले भने, “चाडबाडमा शान्ति, सुरक्षा कायम गर्न योजनाबद्ध तयारी गरेका छौँ ।”

भारतसँग सीमा जोडिएको गड्डाचौकी नाकामा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाएर सुरक्षा जाँच भइरहेको प्रहरी उपरीक्षक जोशीले बताए । “खुला नाका भएकाले लागुऔषधलगायत विष्फोटक पदार्थ भित्रन सक्ने हुँदा तालिम प्राप्त कुकुर परिचालन गरी सुरक्षा जाँच थालिएको हो,” उनले भने ।

प्रहरीले ‘शेरा’ र ‘लैला’ नामका तालिम प्राप्त कुकुर परिचालन गरेको छ । ट्राफिक प्रहरी जनशक्ति पनि थप गरेर सवारी जाँचमा कडाइ गरेको प्रहरी उपरीक्षक जोशीले बताए । भारतबाट आएका यात्रुका लागि गड्डाचौकी नाकामा नागरिक सहायता कक्ष राखिएको छ । महेन्द्रनगर बसपार्क, झलारी, गुलरिया, बेलौरी, पुनर्वासलगायतका स्थानका यात्रु सहायता कक्षबाट समस्यामा परेका यात्रुलाई सहयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्