Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

नाकामा तालिम प्राप्त कुकुर परिचालन

२२ आश्विन २०८१, मंगलवार १३:०४

२२ असोज,कञ्चनपुर। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ । प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार जिल्लाभर आठ सय १५ सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

“जनशक्ति थप गरेर सुरक्षा जाँचमा कडाइ गरिएको छ,” प्रहरी उपरीक्षक जोशीले भने, “चाडबाडमा शान्ति, सुरक्षा कायम गर्न योजनाबद्ध तयारी गरेका छौँ ।”

भारतसँग सीमा जोडिएको गड्डाचौकी नाकामा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाएर सुरक्षा जाँच भइरहेको प्रहरी उपरीक्षक जोशीले बताए । “खुला नाका भएकाले लागुऔषधलगायत विष्फोटक पदार्थ भित्रन सक्ने हुँदा तालिम प्राप्त कुकुर परिचालन गरी सुरक्षा जाँच थालिएको हो,” उनले भने ।

प्रहरीले ‘शेरा’ र ‘लैला’ नामका तालिम प्राप्त कुकुर परिचालन गरेको छ । ट्राफिक प्रहरी जनशक्ति पनि थप गरेर सवारी जाँचमा कडाइ गरेको प्रहरी उपरीक्षक जोशीले बताए । भारतबाट आएका यात्रुका लागि गड्डाचौकी नाकामा नागरिक सहायता कक्ष राखिएको छ । महेन्द्रनगर बसपार्क, झलारी, गुलरिया, बेलौरी, पुनर्वासलगायतका स्थानका यात्रु सहायता कक्षबाट समस्यामा परेका यात्रुलाई सहयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्