Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

अमेरिकामा शक्तिशाली आँधी आउने अनुमान

२३ आश्विन २०८१, बुधबार ०३:२२

२३ असोज, काठमाडौँ। अमेरिकामा केही दिनभित्रै शक्तिशाली आँधी आउने अनुमान गरिएको छ । अब १० दिनबीचमै दोस्रो ठूलो तुफान आउनसक्ने आशंका गरिएको न्यूज एजेन्सी रोयटर्सले जनाएको छ ।

उसका अनुसार फ्लोरिडामा मिल्टन तुफानलाई लिएर चेतावनीहरु जारी भएका छन् । नेशनल हरिकेन सेन्टरले यसलाई सर्वाधिक विनासकारी तुफानको क्याटगोरी ५ मा राखेको छ भने यो क्याटगोरीमा मानवीय तथा उच्च भौतिक क्षतिको नोक्सानको खतराका रुपमा मानिन्छ।

मिल्टन बुधबार फ्लोरिडाको घना बस्ती रहेको क्षेत्र ‘टम्पा बे’मा ठोकिन सक्ने जनाइएको छ। अहिलेसम्म टम्पाबाट १००० किलोमिटर टाढा रहेको जनाइएको छ।

टम्पामा करिब ३० लाख मानिसरहरुको बसोबास रहेको छ। आँधी टम्पबा बेमा पुग्दा गति कम हुने आँकलन गरिएको छ। त्यसपछि यो आँधी मध्य फ्लोरिडा हुँदै एटलान्टिक ओसनतर्फ बढ्ने बताइएको छ।

मिल्टन आँधी मेक्सीको खाडीबाट अघि बढेको छ। सोमबार राति तुफानको गति करिब २ सय ८५ किलोमिटर प्रतिघण्टा रहेको थियो। फ्लोरिडा राज्यतर्फ बढेको आँधिका कारण फ्लोरिडामा रहेका ६७ मध्ये ५१ काउन्टिमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ।

फ्लोरिडाको तटवर्ती इलाका खाली गरिएको छ। अहिलेसम्म ५ लाख मानिसहरुलाई सुरक्षित स्थानमा लगिएको जनाइएको छ।

अमेरिकामा यसअघि हेलेन तुफान आएको थियो। उक्त भिषण आँधीमा परी कम्तीमा २ सय २५ जनाको मृत्यु भएको थियो भने केही मानिसहरु अझै बेपता रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्