Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

पर्वतारोहीको शव ल्याउन समस्या

२३ आश्विन २०८१, बुधबार १४:५१

२३ असोज, म्याग्दी। धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका रुसका पाँच पर्वतारोहीको शव ल्याउन समस्या भएको छ ।

प्रतिकूल मौसम र भूगोलका कारण धौलागिरिको सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव ल्याउन समस्या भएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले शव ल्याउन आज हेलिकप्टरमा धौलागिरि गएको शेर्पासहितको टोलीले घटनास्थलको निरीक्षण गरेर मात्र फर्किएको जानकारी दिए ।

‘हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा पाँच जनाको शव भेटिएको छ’, उनले भने, ‘मौसमको खराबी र प्रतिकूल भूगोलका कारण शव सङ्कलन गरी घटनास्थलबाट ल्याउने प्रयास असफल भएको छ ।’

आधारशिविरको ‘हाइक्याम्प’मा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट आइतबार दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए ।

प्रहरीका अनुसार रुसका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव मङ्गलबार भेटिएको थियो ।

आइ एम टे«कीङ एण्ड एक्सपीडिसनमार्फत १४ जना रुसका पुरुष पर्वतारोहीहरु धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । नौ जना पर्वतरोहीहरुले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्