Trending
बर्डफ्लु पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द     |     बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते     |     मेक्सिको बन्यो नकआउट चरण पुग्ने पहिलो टिम     |     नेयमारको प्रतीक्षा लम्बियो, हाईटीविरुद्ध नखेल्ने     |     कोशीका मन्त्रीको क्वार्टरमा प्रहरीको छापा     |     कक्षा १२ को नतिजा सार्वजनिक : नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण     |     राप्रपाको महाधिवेशन मंसिर २६ देखि २८ सम्म गर्ने प्रस्ताव     |     सीप विकासमार्फत आत्मनिर्भर बनाउने अभियानमा माँ भाटभटेनी संस्था     |     विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गर्दै मन्त्रालय     |     उज्वेकिस्तानमाथि कोलम्बियाको जित     |    
समाचार

अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान

२३ आश्विन २०८१, बुधबार १४:५९

२३ असोज, काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीहरुलाई नियुक्ति पत्र र कार्य शर्त प्रदान गरेका छन ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आयोगका पदाधिकारीहरुलाई स्वागत गर्दै आयोगले निजी क्षेत्र, अध्ययन अनुसन्धानमा संलग्न विज्ञहरु सरोकारवाला लगायतसँग सघन छलफल गरी नेपालको अर्थतन्त्रमा गुणात्मक सुधार ल्याउने गरी आयोगले सुझाव दिने विश्वास व्यक्त गरे । उनले आयोगले दिने सुझावलाई सरकारले महत्वका साथ कार्यान्वयन गर्ने बताए ।

आयोगका अध्यक्ष रामेश्वर खनालले सबै पक्षसँग व्यापक परामर्श गरी सरकार, मन्त्री, सरोकारवाला र जनताले अपेक्षा गरे अनुसारको प्रतिवेदन तयार पार्ने प्रतिबद्धता व्यक्त गरे। आयोगका पदाधिकारीहरुले अर्थतन्त्रको समस्या, चुनौती पहिलाइ पोलिसी डेपार्चर गर्ने गरी प्रतिवेदन तयार पार्ने बताएका छन ।

गत सोमबार सरकारले अर्थतन्त्रमा सुधारका लागि सुझाव दिन  खनालको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका सदस्य डा। प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा रामप्रसाद ज्ञवाली, अर्थविद् डा विश्वास गौचन  र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा कल्पना खनाल रहेको  आयोग गठन गरेको थियो ।
आयोगको कार्य समय ६ महिनाको तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्