Trending
राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान     |     आदिवासी कथा र संस्कृतिको अन्तर्राष्ट्रिय उत्सव : दोस्रो एनआईएफएफमा सिक्किमका मन्त्रीदेखि नेपाली कलाकारसम्म     |     विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |    
समाचार

चाडपर्वमा पनि भएन उज्यालो, बलेनन् सडकबत्ती

२४ आश्विन २०८१, बिहीबार ०१:२०

२४ असोज,काठमाडौँ। रातको समय छ । बजार क्षेत्र भए पनि सडकमा पाट्टफट्ट चल्ने मोटरसाइकलको आवाजबाहेक सबैतिर चकमन्न र सुनसान छ ।

लहान नगरपालिका–४ स्थित बजार क्षेत्रको मुख्य चोकका रूपमा रहेको छ, हुलाक चोक । यही चोकबाट उत्तर–पूर्वतर्फको सडकमा सडकबत्ती नहुँदा रात जति छिप्पिदैँ जान्छ, सडक उत्तिनै निष्पट्ट अधेँरो हुँदै जान्छ ।

लहान नगरपालिका–४ स्थित बजार क्षेत्रको मुख्य चोकका रूपमा रहेको छ, हुलाक चोक । यही चोकबाट उत्तर–पूर्वतर्फको सडकमा सडकबत्ती नहुँदा रात जति छिप्पिदैँ जान्छ, सडक उत्तिनै निष्पट्ट अधेँरो हुँदै जान्छ ।

स्थानीय सत्य नारायण चौधरी सडकमा बत्ती बल्नु भनेको उज्यालो हुनु मात्रै नभइ स्थानीय बासीन्दाले सुरक्षाको अनुभूति गर्नु तथा सम्भावित चोरी डकैतीका घटना न्यूनीकरण हुनु पनि बताउँछन् ।

अँध्यारोको मौका छोपी चाडबाडको समयमा चोरी डकैती हुने सम्भावना बढी हुन्छ । त्यस्तै मादक पदार्थ तथा लागुऔषध सेवन गर्नेले पनि यस्तै बेला अनैतिक हर्कत देखाउने गर्दछन् ।

उनले सहर बजार मानिएको लहानको यस मुख्य चोकमै सडकबत्ती नहुनुले राम्रो सन्देश नदिएको धारणा राखे । “यो क्षेत्र अत्यधिक चोरी हुने ठाउँ हो । चोरले दिउँसै घर फोरौँला जस्तो गर्छन् । रातको समयमा सडकबत्ती नहुँदा उनीहरूले त्यसको फाइदा लिने सम्भावना हुन्छ ।

विगत लामो समयदेखि सडक बत्तीको लागि वडा कार्यालयदेखि नगरपालिकासम्म धाउँदा पनि समस्या समाधान हुँन सकेको छैन । चाडबाडको समयमा पनि बजार छेवैको सडक अन्धकार हुनु बत्तीमुनिको अँध्यारो भनेजस्तै जस्तै भयो”, चौधरीले भने ।

यस क्षेत्रमा रहेको वडा नं ८ मा पर्ने २ नं सडकमा भने गत वर्षदेखि स्मार्ट सडकबत्ती जडान गरिएको हुँदा झिलिमिलि रहेको छ । लामो समयदेखि हुलाक चोकदेखि उत्तर–पूर्वतर्फ जाने सडकमा सडकबत्ती नहुँदा सडक अन्धकार भएको सम्बन्धमा वडा अध्यक्ष रामनाथ पण्डितसमक्ष जिज्ञासा राख्दा उनले भने, “नगरपालिकाले ठेक्कामार्फत सडकबत्ती लगाउने हो । नगरसँग समन्वय गरेर आवश्यक सडकबत्तीको व्यवस्था गर्न पहल गर्नेछु ।”

प्रतिक्रिया दिनुहोस्