Trending
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त     |     ढुंगा लागेर सल्यानमा एक जनाको मृत्यु     |     सुर्खेतमा नक्कली विवाहमार्फत ठगी गर्ने दुई जना पक्राउ     |     नेपाल–अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगो : परराष्ट्रमन्त्री     |     सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन     |     एनपिएल खेल्न अष्ट्रेलियाका क्रिस लिन आउँदै !     |     पोस्टरसहित चलचित्र ‘जूबा’को घोषणा     |     यु–२३ एसियन कप छनोट: नेपालले आज ताजिकिस्तानसँग खेल्दै     |     सुनको मूल्य हालसम्मकै उच्च     |     नेपाल ‘ए’ टोलीले जित्यो आसामविरुद्धको सिरिज     |    
खेलकुद

महिला विश्वकपमा भारतको लगातार दोस्रो जीत

२४ आश्विन २०८१, बिहीबार ०१:२५

२४ असोज,काठमाडौँ। आईसीसी महिला टी-२० विश्वकपमा भारतले आफ्नो दोस्रो लगातार जीत दर्ता गरेको छ। बुधबार, दुवईमा भएको खेलमा भारतले श्रीलंकालाई ८२ रनको फराकिलो अन्तरले पराजित गर्दै शानदार प्रदर्शन गर्यो।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो। उसका लागि नितिक कुमार रेड्डीले ३४ बलमा ७४ रनको विष्फोटक इनिङ खेले। त्यस्तै रिन्कु सिंहले ५३ रन बनाउँदा हार्दीक पाण्ड्याले ३२ रन बनाए।

बंगलादेशका लागि रिसहद होसेइनले ३ विकेट लिंदा तस्किन अहमेद र तानजीम हसन सकिबले समान २-२ विकेट लिएका थिए। २ सय २२ रनको लक्ष्य लिएको बंगलादेल निर्धारित २० ओभमार ९ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सक्यो।

उसका लागि महमुदुल्लाहले ४१ रन बनाउँदा मेहदी हसन मिराजले १६ रन बनाए। यसअघि भारतले पहिलो टी-२० ७ विकेटले जितेको थियो। अब अन्तिम टी-२० हैदराबादमा शनिबार हुने छ।

प्रतिक्रिया दिनुहोस्