Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन

२४ आश्विन २०८१, बिहीबार ०१:२९

२४ असोज,काठमाडौँ। भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । बुधबार राति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा ८६ वर्षको उमेरमा उनको निधन भएको हो ।

टाटा सन्सका अध्यक्ष एन चन्दशेखरनले टाटा समूहका तर्फबाट सूचना जारी गर्दै रतनको निधन भएको पुष्टि गरेका हुन्। भारत सरकारबाट पद्मभूषणले सम्मानित रतनको निधनमा भारतीय नेता, उद्योगपति, सेलिब्रेटिजसहित विश्वभरका उनका प्र्रशंसकले श्रद्धाञ्जली अर्पण गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रतन टाटा दूरदर्शी व्यापारी र असाधारण व्यक्ति रहेको उल्लेख गरेका छन्। कांग्रेस नेता राहुल गान्धीले व्यापार र परोपकारी क्षेत्रमा रतनको विशेष योगदान रहेको स्मरण गरेका छन्।

आफ्नो सादगी र सरल स्वभावका लागि परिचित रतन टाटाले उदारीकरणको युगपछि टाटा समूहलाई आजको उचाइमा पुर्याउन ठुलो योगदान रहेको छ । रतन टाटा सन् १९६१-६२ मा टाटा समूहमा आबद्ध भएका थिए । यसपछि उनले हार्वर्ड बिजनेस स्कूलबाट एडभान्स म्यानेजमेन्ट प्रोग्रामबाट व्यवस्थापन पढेका थिए ।

सन् १९९१ मा उनी टाटा समूहको अध्यक्ष बने । सन् २०१२ मा सेवानिवृत्त भएका थिए । भारतमा पहिलो पटक पूर्ण रूपमा निर्मित कारको उत्पादन सुरु गर्ने श्रेय पनि उनलाई जान्छ । पहिलो पूर्णतया स्वदेशी रूपमा निर्मित कारको नाम टाटा इन्डिका थियो । विश्वकै सस्तो कार टाटा नानो बनाउने उपलब्धि पनि उनको नाममा छ । उनको नेतृत्वमा टाटा समूहले ल्यान्ड रोभर र जगुआर खरिद गरेर अन्तर्राष्ट्रिय हलचल मच्चाएको थियो । उनलाई पद्मविभूषणबाट पनि सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्