Trending
अपहरणमा परेकी महिलाको सकुशल उद्धार, एक युवती पक्राउ     |     गगन थापा र चौथाइवालेबिच भेटवार्ता     |     जलवायु न्यायका लागि संवेदनशील बन्न उपप्रधानमन्त्री पौडेलको विश्व समुदायलाई आग्रह     |     निर्माणाधीन घरको छतबाट लडेर मजदुरको मृत्यु     |     नेपालमा लगानीका लागि विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह     |     सरकारले विकासका कामलाई तीव्रता दिनुपर्छ : नेता कोइराला     |     बाढीले क्षति गरेको नख्खु खोलाको पानी वितरण गरिने     |     वरदान बन्दै त्रिविको अनलाइन कक्षा     |     सीआईबी प्रमुख एआईजी थापाको तस्बिर राखेर धम्की दिने खड्का पक्राउ     |     अमेरिका गएका अध्यक्ष नौ महिनासम्म नफर्केपछि वडा कार्यालयमा तालाबन्दी     |    
समाचार

मिनीबस र ट्याक्सी ठोक्किए, ३५ जना यात्रु घाइते, ६ जनाको अवस्था गम्भीर

२४ आश्विन २०८१, बिहीबार ०१:३९

२४ असोज,काठमाडौँ। हेटौँडा–भीमफेदी–काठमाडौं सडकअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ गोल्फिन बेंसीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा परी ३५ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ।

हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी र काठमाडौंबाट जनकपुरका लागि आउँदै गरेको बा ३ ख २७२३ नम्बरको मिनीबस एकआपसमा ठोक्किँदा बस सडकबाट करिब १० फिट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।

दुर्घटनामा परी बसमा सवार ३५ जना यात्रु घाइते भएको र घाइतेहरुको उद्धारगरी उपचारका लागि हेटौँडास्थित अस्पताल ल्याइएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए। घाइते मध्ये छ जनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए।

गम्भीर घाइते छ जनालाई थप उपचारका लागि चितवन पठाइएको र बाँकी सबै घाइतेहरुको हेटौंडा अस्पतालमै उपचार भईरहेको उनको भनाइ छ। दुर्घटनामा परी घाइते भएकाको नाम ठेगाना हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनाका कारण केहीबेर अवरुद्ध रहेको सो सडक अहिले सञ्चालनमा रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्