Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

म्याग्दीको बिरौटामा दूध संकलन केन्द्र सञ्चालन, किसानलाई सहज

२४ आश्विन २०८१, बिहीबार ०८:४६

२४ असोज,म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना गरिएको छ । गाउँका किसानले उत्पादन गरेको दूध बजारीकरण गर्ने उद्देश्यले सिद्ध बहुउद्देश्यीय सहकारी संस्थाले सङ्कलन केन्द्र स्थापना गरेको हो ।

सहकारीका कोषाध्यक्ष युवराज बरुवालले करिब ७ लाख रुपैयाँको लगानीमा डिपफ्रिज, चिलिङ र मिल्क एनालाइजर मेसिन खरिद गरी सङ्कलन केन्द्र सञ्चालन गरेको जानकारी दिए ।

‘हिमालयन चिज उद्योग कोरोना महामारीका कारण बन्द भएपछि घाराका किसानले उत्पादन गरेको दूधले बजार पाउन सकेको थिएन,’ उनले भने, ‘गाउँका किसानबाट दूध सङ्कलन गरेर पोखरेबगर, भुरुङ–तातोपानी, नारच्याङ, दाना, घोडेपानीमा लगेर बेच्ने व्यवस्था मिलाएका छौँ ।”

३५ किसानले दैनिक १ सय ४० लिटरका दरले सङ्कलन केन्द्रमा दूध ल्याउने गरेका छन् । व्यावसायिकरूपमा गाईभैँसीपालन गरेका किसानको समयको बचत र बजारको सुनिश्चित भएको छ । बजारमा बिक्री नभएको दूध प्रशोधन गरेर चिज उत्पादन गर्ने तयारी गरेको सहकारीका अध्यक्ष बिमल बरुवालले बताए ।

‘बचत तथा ऋणको मात्र कारोबार गर्दै आएकामा अब दूध सङ्कलन र बिक्री वितरण गर्न थालेका छौँ,’ उनले भने । वि.सं २०६६ मा स्थापना भएको सहकारी नियमितरूपमा सञ्चालनमा छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले दूध, तरकारी, फलफूल, आलु दूवानीका लागि कृषि एम्बुलेन्स सञ्चालन गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्