Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

रोजगारीका लागि भित्रिँदै भारतीय, बाहिरिँदै नेपाली

२४ आश्विन २०८१, बिहीबार ०८:५४

२४ असोज,काठमाडौँ। रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई लाख बढी नेपाली दसैँ पर्व मनाउन नेपालगञ्जस्थित जमुनाह नाकाबाट घर फर्किएका छन् । 

भारतमा रहेका नेपाली दशैँ नजिकिएसँगै घर फर्किने क्रम सुरु भएको थियो । यही असोज १ देखि २२ गतेसम्म २२ दिनको अवधिमा दुई लाख ३५ हजार पाँच सय ५६ नेपाली जमुनाह नाका हुँदै दसैँ मनाउन घर फर्किएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले बताए।

‘भारतबाट रोजगारी गरेर घर फर्कने नेपालीको जमुनाह नाकामा प्रत्येक दिन बिहान लर्को लाग्ने गरेको छ, अहिले भारत जानेभन्दा आउनेको भिडभाड बढी छ’, बुढाथोकीले भने, ‘सोह्रश्राद सुरु भएयता भारतमा काम गर्ने नेपाली घर फर्किनेको सङ्ख्या ह्वात्तै बढेको छ, बिहान ७ बजेदेखि ११ बजेसम्म जमुनाह नाकामा घर फर्किने नेपालीको भिडभाड हुने गरेको छ ।’

अहिले भारततर्फ जाने नेपालीको सङ्ख्या कम छ । पछिल्लो २२ दिनमा करिब दुई लाख ५० हजार नेपाल भित्रिँदा एक लाख ६५ हजार दुई सय ८१ नेपाली जमुनाह नाकाबाट बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्