Trending
राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान     |     आदिवासी कथा र संस्कृतिको अन्तर्राष्ट्रिय उत्सव : दोस्रो एनआईएफएफमा सिक्किमका मन्त्रीदेखि नेपाली कलाकारसम्म     |     विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |    
समाचार

मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एकको मृत्यु

२८ आश्विन २०८१, सोमबार ०२:३०

२८ असोज,चितवन। जिल्लाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ शान्तिचोकमा मोटरसाइकल र स्कुटर एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको ना ४६ प ८२४८ नम्बरको मोटरसाइकल र टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना ५६ प ९१६९ नम्बरको स्कुटर एकापसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक खैरहनी नगरपालिका–१ बस्ने वर्ष २१ को दीपेश चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते अवस्थामा रहेका चौधरीको मनकामना अस्पताल भरतपुरमा उपचारका क्रममा आज साँझ सवा ७ बजे मृत्यु भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार स्कुटरमा पछाडि सवार खैरहनी नगरपालिका–१ बस्ने  वर्ष २४ का अर्जुन चौधरी गम्भीर घाइते भएका छन् ।  नाक र मुखमा चोट लागी घाइते भएका चौधरीको मनकामना अस्पतालमा उपचार जारी छ ।

त्यसैगरी  मोटरसाइकल चालक खैरहनी नगरपालिका –१ बस्ने वर्ष २२ को अनिस बस्नेत र सोही मोटरसाइकलको पछाडि बस्ने  सोही स्थानका वर्ष २२ को सुजेक दराई घाइते भएका छन् । उनीहरूको अवस्था मध्यम रहेको र पुरानो मोडिकल कलेज भरतपुरमा उपचार भइरहेको  यादवले जानकारी दिनुभयो । दुर्घटना आज साँझ सवा ६ बजेको हो ।

प्रतिक्रिया दिनुहोस्