Trending
बर्डफ्लु पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द     |     बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते     |     मेक्सिको बन्यो नकआउट चरण पुग्ने पहिलो टिम     |     नेयमारको प्रतीक्षा लम्बियो, हाईटीविरुद्ध नखेल्ने     |     कोशीका मन्त्रीको क्वार्टरमा प्रहरीको छापा     |     कक्षा १२ को नतिजा सार्वजनिक : नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण     |     राप्रपाको महाधिवेशन मंसिर २६ देखि २८ सम्म गर्ने प्रस्ताव     |     सीप विकासमार्फत आत्मनिर्भर बनाउने अभियानमा माँ भाटभटेनी संस्था     |     विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गर्दै मन्त्रालय     |     उज्वेकिस्तानमाथि कोलम्बियाको जित     |    
समाचार

स्टेसनरी पसलमा घाँटी थिचेर बालिकाको हत्या

२८ आश्विन २०८१, सोमबार ०२:४८

२८ असोज,डडेलधुरा। डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्याको आरोपमा स्थानीय एक जनालाई आइतबार सार्वजनिक गरिएको छ ।

शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका स्थानीय स्टेसनरी व्यापारी टेकबहादुर भण्डारीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पत्रकार सम्मेलनमार्फत आज सार्वजनिक गरिएको हो ।

अमरगढी नगरपालिका–७ की बालिका भट्टराईको हत्या गरिएको थियो । डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरिसकेका छन् ।

“घटना निज टेकबहादुर भण्डारीको स्टेसनरी पसल नै हो”, डिएसपी श्रेष्ठले भन्नुभयो, “पसलभित्र कोठामा आवेगमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरेका छन् ।” स्थानीयले भने बलात्कारपछि हत्या भएको दाबी गर्दै कडा कारबाहीको माग गरेका छन् ।

बालिकाको शवको प्रतिवेदन आइनसकेको र त्यसबारे अहिले भन्न नसकिने प्रहरीले जनाएको छ । “जबरजस्ती करणी गर्न खोज्दा किशोरीले अस्वीकार गरेपछि आवेगमा आएको पनि हुनसक्ने हाम्रो अनुमान छ । तर यकिन जानकारी अहिले नै प्राप्त भइसकेको छैन”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्