Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

कीर्तिमानी पर्वतारोही टोली फर्कियो काठमाडौं, बाजागाजासहित भब्य स्वागत

२८ आश्विन २०८१, सोमबार १०:०५

२८ असोज, काठमाडौं । चीनको शिशपाङ्मा हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेर आइपुगेका पर्वतारोहीहरूलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ।

सोमबार नेपाल पर्वतारोहण संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष समारोहको आयोजना ९ जना विश्वकीर्तिमानी आरोहीहरूलाई भव्‍य स्वागत गरेको हो।

कीर्तिमानी पर्वतारोही दावा याङजुम शेर्पा, निमा रिन्जि शेर्पा, मिङमा ग्याल्जी शेर्पा, निर्मल पुर्जा, तेजन गुरुङ, पासाङ तेन्जी शेर्पा, दावा ग्याल्जी शेर्पा, पासाङ नोर्बु शेर्पा र मिङमीतेम्बा शेर्पालाई त्रिभुवन विमानस्थलमा बाजागाजासहित स्वागत गरिएको थियो ।

विश्वका आठ हजारभन्दा अग्ला १४ वटा शिखरहरू चुम्ने पहिलो नेपाली महिला बनेकी दावा याङ्जुम शेर्पा, विश्वकै सबैभन्दा कान्छो आरोही बन्न सफल भएका १८ वर्षीय निमा रिञ्जी शेर्पा, ८ हजार मिटरभन्दला अग्ला १४ वटा हिमालहरू ५०औं पटक आरोहण गरेका तथा अक्सिजनबिना ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरू छोटो समयमा आरोहण गर्न सफल निर्मल पुर्जालाई भव्‍य रुपमा स्वागत गरिएको छ ।

यस्तै आठ हजार मिटरभन्दा अग्ला १४ वटा शिखरहरू चुम्ने पहिलो आरोही बन्न सफल तेजन गुरुङ, सोलुखुम्बुको थामेबाट १४ वटा शिखरहरू चुम्ने पहिलो आरोही बन्न सफल पासाङ टेन्डी शेर्पा, विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु सफलतापूर्वक आरोहण गर्न सफल मिङ तेम्बा शेर्पासहित ९‌ जना नेपाली पर्वतारोहीहरुलाई बाजागाजासहित भव्‍य रुपमा स्वागत गरिएको हो ।

यसका साथै उनीहरूको स्वागतका लागि नेपाल नेशनल माउन्टेन गाइड एशोसियशन, मगर संघ, गुरूङ संघ, शेर्पा टुरिजम् इन्टरप्रेनियर्स एशोसियशन अफ नेपाल, सेभेन समिट ट्रेक्सलगायत विभिन्न संघ संस्थाबाट प्रतिनिधिहरू विमानस्थल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्