Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गरिने

२८ आश्विन २०८१, सोमबार १०:१०

२८ असोज, काठमाडौं। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले खानेपानी आयोजनामा भएको क्षतिबारे अध्ययन गरिने जनाएको छ ।

यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बाढीपहिरो, डुबानजस्ता विपद्बाट खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गर्ने तयारी भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ ।

प्रवक्ता राईका अनुसार बाटो मर्मत भएपछि अध्ययन गरिनेछ । “पहिरोको कारण अधिकांश स्थानमा खानेपानीको मुहान पुरिएकाले समस्या भएको छ । वर्षाका कारण फर्पिङ हेन्ड पोष्टदेखि फर्पिङ पम्पहाउससम्म आउने ‘पेनस्टक पाइप’ र ललितपुरको नल्लुबाट चापागाउँ पानी पोखरीसम्म आउने पाइपमा धेरै क्षति पुगेकाले विशेष गरी ललितपुरमा पानीको समस्या छ,” उनले भने, “धेरै ठाउँमा खानेपानीको स्रोत पुरिएको छ, मर्मतका लागि जाने बाटो छैन त्यसैले आयोजना मर्मतका लागि समय लाग्छ ।”

उनका अनुसार ललितपुरको खुमलटार क्षेत्रमा भने सुन्दरी जलको पानी ल्याएर वितरण भइरहेको छ । राईले भने, “आयोजना मर्मतका लागि हामी संघिय सरकारसँग पनि समन्वय गरेर अगाडि बढ्ने छौँ ।”

खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले खानेपानीको व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न आयोजना मर्मत तत्काल शुरू गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्