Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

मुम्बईमा सत्तारुढ दलका नेता बाबा सिद्धिकीको हत्या, सलमानमाथि आक्रमण गर्ने विस्नोइ ग्याङ जिम्मेवार

२८ आश्विन २०८१, सोमबार १०:२७

२८ असोज, काठमाडौं।  भारतस्थित राष्ट्रवादी कंग्रेस पार्टी (एनसीपी) का नेता तथा महाराष्ट्र राजनीतिमा चर्चित बाबा सिद्दिकी (६६) को शनिबार राति मुम्बईमा गोली हानी हत्या गरिएको छ।

गुजरातको साबरमती जेलमा रहेका लरेन्स बिश्नोईको गिरोहले घटना भएको २८ घण्टापछि सामाजिक सञ्जालमा हत्याको जिम्मेवारी लिएको छ।उनलाई तत्काल लीलावती अस्पताल लगिए पनि उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ। प्रहरीले दुईजना आरोपीलाई पक्राउ गरेको छ। एकजनाको खोजी जारी छ।

बाबा सिद्धिकीको बलिउडका कलाकारबीच राम्रो सम्बन्ध थियो। विशेष गरि सलमान खानसँग उनको सम्बन्ध जहिलै चर्चामा रहन्थ्यो। उनीमाथि गोली चलाउनेहरु लरेन्स विस्नोइ ग्याङको भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। विस्नोइ ग्याङले सलमानमाथि धेरैपटक आक्रमणको प्रयास गरेको छ।

यो घटना लगत्तै सलमान ठूलो सुरक्षाकर्मीको घेराबन्दीमा अस्पताल परिसर पुगेका थिए। कुनै बेला ग्याङ वार र अन्डरवर्ल्डका कारण मुम्बईमा त्रास हुन्थ्यो। पछिल्लो समय अन्डरवर्ल्ड समाप्त भए पनि केही समूहको प्रभाव भने जारी रहेको देखिन्छ।

बाबा सिद्दीकीको हत्याले सलमानलाई समेत गहिरो चोट लागेको छ । सलमान केहि दिन एक्लै बस्न चाहन्छन् । सलमानको परिवारले उनका फिल्म क्षेत्रका साथीहरु र नजिकका आफन्तलाई सलमानलाई भेट्न घरमा नआउनका लागि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्