Trending
राष्ट्रिय योजना आयोगद्वारा नीतिगत तथा कार्यक्रमगत प्रतिवेदन अर्थ मन्त्रालयमा पेश     |     प्रधानमन्त्रीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खलाका प्रतियोगीहरुको भेट     |     ‘महाभोज’का दुई नयाँ पोस्टर रिलिज, मङ्‌गलवार टिजर आउने     |     तेवान्दो टोली चीन जाने     |     भिभो वाई २९ नेपालमा सार्वजनिक     |     चीनमा पहिलोपटक रोबोट हाफ–म्याराथन सम्पन्न     |     राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारको आवेदन दिने भोलि अन्तिम दिन     |     ‘वैदेशिक रोजगारमा कानून विपरित भइरहेको लाखौं असुलीबारे दुई तिहाईको सरकारलाई थाहा छ की छैन् ?’…     |     गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न सर्वोच्चमा पूरक निवेदन     |     देश विकासमा पूूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री     |    
समाचार

साइकल खोज्दै जाँदा पत्ता लाग्यो चन्द्रबहादुरका हत्या आरोपी

२९ आश्विन २०८१, मंगलवार ०८:३९

२९ असोज, काठमाडौं। बडादसैँको राति टाउको काटिएको अवस्थामा फेला परेका कोहलपुरका चन्द्रबहादुर कामीको हत्या आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

बाँकेका ४० वर्षीय चन्द्रबहादुर कामीको हत्या आरोपमा प्रहरीले चार दिनपछि एक जना पुरूषलाई पक्राउ गरेको छ। कोहल्पुर नगरपालिका-८ पिपिराका चन्द्रबहादुर कामीको शनिबार (असोज २६ गते) राति हत्या भएको थियो। उनको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय बाँकेले रोल्पाका २४ वर्षीय अनिल परियारलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार अनिललाई प्रहरीले राप्तीसोनारी गाउँपालिका-१ तीनघारी टोलस्थित भौवा नाका क्षेत्रबाट मंगलबार बिहान पक्राउ गरेको हो।

परियारलाई राप्तीसोनारी गाउँपालिका–१ तिन घारीटोलस्थित भौवा नाका जाने बाटोको दायाँ तर्फ रहेको तिर्थमाली परियारको घर किनारमा रहेको शौचालयबाट मङ्गलबार बिहान ८ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी निरीक्षक राजकुमार भट्टको कमान्डमा खटिइएको प्रहरी टोली र इलाका प्रहरी कार्यालय कुसुम बाँकेबाट प्रहरी नायब निरीक्षक मोहनलाल वलीको कमान्डमा खटिइएको प्रहरी टोलीले परियारलाई पक्राउ गरी अनुसन्धानका लागी थुनामा राखिएको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कामीको टाउको घटनास्थलबाट करिब ५०० मिटर पूर्वउत्तरमा सुनिता परियारको घरको सेफ्टी ट्याङकिमा सोमबार फेला परेको थियो । हत्या आरोपित अनिल सुनिताको दाइ नाता पर्ने रहेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्