Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

साइकल खोज्दै जाँदा पत्ता लाग्यो चन्द्रबहादुरका हत्या आरोपी

२९ आश्विन २०८१, मंगलवार ०८:३९

२९ असोज, काठमाडौं। बडादसैँको राति टाउको काटिएको अवस्थामा फेला परेका कोहलपुरका चन्द्रबहादुर कामीको हत्या आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

बाँकेका ४० वर्षीय चन्द्रबहादुर कामीको हत्या आरोपमा प्रहरीले चार दिनपछि एक जना पुरूषलाई पक्राउ गरेको छ। कोहल्पुर नगरपालिका-८ पिपिराका चन्द्रबहादुर कामीको शनिबार (असोज २६ गते) राति हत्या भएको थियो। उनको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय बाँकेले रोल्पाका २४ वर्षीय अनिल परियारलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार अनिललाई प्रहरीले राप्तीसोनारी गाउँपालिका-१ तीनघारी टोलस्थित भौवा नाका क्षेत्रबाट मंगलबार बिहान पक्राउ गरेको हो।

परियारलाई राप्तीसोनारी गाउँपालिका–१ तिन घारीटोलस्थित भौवा नाका जाने बाटोको दायाँ तर्फ रहेको तिर्थमाली परियारको घर किनारमा रहेको शौचालयबाट मङ्गलबार बिहान ८ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी निरीक्षक राजकुमार भट्टको कमान्डमा खटिइएको प्रहरी टोली र इलाका प्रहरी कार्यालय कुसुम बाँकेबाट प्रहरी नायब निरीक्षक मोहनलाल वलीको कमान्डमा खटिइएको प्रहरी टोलीले परियारलाई पक्राउ गरी अनुसन्धानका लागी थुनामा राखिएको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कामीको टाउको घटनास्थलबाट करिब ५०० मिटर पूर्वउत्तरमा सुनिता परियारको घरको सेफ्टी ट्याङकिमा सोमबार फेला परेको थियो । हत्या आरोपित अनिल सुनिताको दाइ नाता पर्ने रहेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्