Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

बाटो नहुँदा घोडेपानीमा पर्यटक आगमन घट्यो

२९ आश्विन २०८१, मंगलवार ०८:४२

२९ असोज, म्याग्दी। पहिरोले बाटो बगाएपछि पर्यटकीयस्थल घोडेपानीमा पर्यटक आगमन गत वर्षको तुलनामा घटेको छ । वार्षिक ३० हजार विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा यो वर्ष पर्यटकको आगमन ठप्पप्रायः भएको छ ।

घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनका अनुसार अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार–खिवाङ–शिख–चित्रे सडक अन्तर्गतअन्नपूर्ण–५ घोप्टेखर्कमा गत साउनमा पहिराले भत्काएको सडक मर्मत नहुँदा पर्यटक आगमन घटेको हो । पर्यटक आगमनको याम प्रारम्भ भइसक्दा पनि सडक मर्मत नहुँदा  घोडेपानीका होटल व्यवसायी चिन्तित भएका छन् ।

“विगतका वर्षमा दशै लगत्तै छुट्टी मनाउन बस चढेर आउने आन्तरिक पर्यटकले घोडेपानीका होटलहरु भरिभराउ हुन्थ्ये,” उनले भनिन्, “कास्कीबाट पदयात्रा गरेर आउने पर्यटक मात्रै छन् । घोडेपानी पर्यटकीय याममा पनि सुनसान छ ।”

घोप्टेखर्कमा १० मिटर सडक भत्किएपछि मोटरसाइकल बाहेक अन्य सवारी साधन ठप्प छन् । अठार  किलोमिटर लामो पोखरेबगर–चित्रे सडक खुलेको १५ वर्षपछि गत वर्ष स्थानीय पूर्वाधार विकास कार्यालयले रु. ३० करोडको लागतमा  कालोपत्र गरिएको थियो ।

अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले पहिरोले क्षति पुर्याएको सडक मर्मतका लागि आयोजना कार्यालयमा पहल र गाउँपालिकाले खिवाङ–कुटुका–पेरीभारानी–घोडेपानी जोड्ने वैकल्पिक सडक मर्मत गरेको बताए । लुलीया र हल्लेखर्कको घुम्तिमा सडक भासिएको ठाउँमा हलुका सवारी साधन सञ्चालन हुनेगरी स्थानीय स्रोतबाट मर्मत गरिएको वडाध्यक्ष खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्