Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

६९औं प्रहरी दिवसमा सिंगारियो नक्साल

२९ आश्विन २०८१, मंगलवार ०८:५४

२९ असोज, काठमाडौँ।६९औँ प्रहरी दिवस मंगलबार नेपाल प्रहरीले विभिन्न कार्यक्रम गरी मनाएको छ।  प्रहरी प्रधान कार्यालयमा गृहमन्त्री रमेश लेखकसहितको उपस्थितिमा विभिन्न कार्यक्रम गर्दै मनाइएको हो।

प्रहरी प्रधान कार्यालयमा श्रद्धाञ्जली समारोह, अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका आश्रित परिवारहरूलाई कदरपत्र प्रदान गरिएको छ।

प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ । प्रहरी महानिरीक्षण वसन्त बहादुर कुँवरले एक शुभकामना सन्देश जारी गर्दै विगतका वर्षहरूमा भए गरेका कार्य सम्पादनको सिंहावलोकन गरी भएका त्रुटिहरूलाई सच्याउँदै असल अभ्यासलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।

विगतका दिनहरूमा भातृत्वभावको विकास गर्दै कानूनको परिपालना तथा कार्यान्वयन गर्ने कार्यमा दृढ संकल्पित रहँदै निर्दिष्ट जिम्मेवारी अझ प्रभावकारी, जबाफदेही र सशक्त ढंगबाट उच्च मनोबलका साथ निर्वाह गर्न महानिरीक्षक कुँवरले विश्वास व्यक्त गरेका छन् ।

‘प्रहरी दिवसको यस घडीमा राष्ट्र र नागरिकका सेवाका खातिर प्राण उत्सर्ग गर्नुहुने नेपाल प्रहरीका वीर एवम् अमर प्रहरीका साहसिक र बलिदानी गौरव गाथाको उच्च कदर गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण एवम् अमर आत्माहरूको चीर शान्तिको कामना गर्दछु,’कुँवरले सन्देशमा भनेका छन् ।

उनले समाजमा देखा परेका नवीनतम चुनौतीहरूलाई निस्तेज तथा सफलतापूर्वक परास्त गर्ने सामर्थ्य सकारात्मक सोचबाट लक्षित प्रहरीबाट मात्र सम्भव हुने हुँदा कानुनी सर्वोच्चता सहितको आफ्नो जिम्मेवारी निर्वाह इमान्दारिताका साथ बहन गर्नका लागि प्रतिबद्ध हुन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्