Trending
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त     |     ढुंगा लागेर सल्यानमा एक जनाको मृत्यु     |     सुर्खेतमा नक्कली विवाहमार्फत ठगी गर्ने दुई जना पक्राउ     |     नेपाल–अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगो : परराष्ट्रमन्त्री     |     सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन     |     एनपिएल खेल्न अष्ट्रेलियाका क्रिस लिन आउँदै !     |     पोस्टरसहित चलचित्र ‘जूबा’को घोषणा     |     यु–२३ एसियन कप छनोट: नेपालले आज ताजिकिस्तानसँग खेल्दै     |     सुनको मूल्य हालसम्मकै उच्च     |     नेपाल ‘ए’ टोलीले जित्यो आसामविरुद्धको सिरिज     |    
समाचार

कलाकार अतुल परचुरेको ५७ वर्षको उमेरमा निधन

२९ आश्विन २०८१, मंगलवार ०९:०५

२९ असोज, काठमाडौँ। भारतीय अभिनेता तथा हास्यकलाकार अतुल परचुरेको निधन भएको छ । ५७ वर्षका उनलाई क्यान्सर भएको थियो ।

मराठी नाटक ‘सूर्यची पिल्लई’मा रिहर्सल गरिरहेका बेला परचुरेको स्वास्थ्य बिग्रियो । पाँच दिनअघि अतुललाई फेरि अस्पतालमा भर्ना गरिएको जयवंतले बताए । उनी सन् २०२२ देखि क्यान्सरसँग लडिरहेका थिए ।

यसैका लागि रिहर्सल गरिरहेका बेला उनको स्वास्थ्य बिग्रियो । पाँच दिनअघि अतुललाई फेरि अस्पतालमा भर्ना गरिएको जयवंतले बताए । उनी सन् २०२२ देखि क्यान्सरसँग लडिरहेका थिए।

अतुल परचुरेले बलिउडमा ‘गोलमाल’, ‘पार्टनर’, ‘क्योँ की’ र ‘आवरापन’ जस्ता धेरै फिल्ममा काम गरेका थिए । उनी कपिल शर्माको शोमा पनि देखा परेका थिए । यस बाहेक उनले मराठी स्टेजमा आफ्नो अभिनयबाट धमाका मच्चाए । अतुलले मराठी फिल्म र धेरै टिभी सिरियलहरूमा पनि काम गरेका छन्।

धेरै फिल्ममा हास्य भूमिका निभाएका अतुलले टिभी शो ‘आरके लक्ष्मण की दुनियाँ’ बाट आफ्नो करियर सुरु गरेका थिए। उनले रोहित शेट्टीको फिल्म ‘अल द बेस्ट’ मा धोन्डुको भूमिका निभाएका थिए । उनी इमरान हाशमी स्टारर फिल्म ‘आवारापन’ मा पनि देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्