Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

कलाकार अतुल परचुरेको ५७ वर्षको उमेरमा निधन

२९ आश्विन २०८१, मंगलवार ०९:०५

२९ असोज, काठमाडौँ। भारतीय अभिनेता तथा हास्यकलाकार अतुल परचुरेको निधन भएको छ । ५७ वर्षका उनलाई क्यान्सर भएको थियो ।

मराठी नाटक ‘सूर्यची पिल्लई’मा रिहर्सल गरिरहेका बेला परचुरेको स्वास्थ्य बिग्रियो । पाँच दिनअघि अतुललाई फेरि अस्पतालमा भर्ना गरिएको जयवंतले बताए । उनी सन् २०२२ देखि क्यान्सरसँग लडिरहेका थिए ।

यसैका लागि रिहर्सल गरिरहेका बेला उनको स्वास्थ्य बिग्रियो । पाँच दिनअघि अतुललाई फेरि अस्पतालमा भर्ना गरिएको जयवंतले बताए । उनी सन् २०२२ देखि क्यान्सरसँग लडिरहेका थिए।

अतुल परचुरेले बलिउडमा ‘गोलमाल’, ‘पार्टनर’, ‘क्योँ की’ र ‘आवरापन’ जस्ता धेरै फिल्ममा काम गरेका थिए । उनी कपिल शर्माको शोमा पनि देखा परेका थिए । यस बाहेक उनले मराठी स्टेजमा आफ्नो अभिनयबाट धमाका मच्चाए । अतुलले मराठी फिल्म र धेरै टिभी सिरियलहरूमा पनि काम गरेका छन्।

धेरै फिल्ममा हास्य भूमिका निभाएका अतुलले टिभी शो ‘आरके लक्ष्मण की दुनियाँ’ बाट आफ्नो करियर सुरु गरेका थिए। उनले रोहित शेट्टीको फिल्म ‘अल द बेस्ट’ मा धोन्डुको भूमिका निभाएका थिए । उनी इमरान हाशमी स्टारर फिल्म ‘आवारापन’ मा पनि देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्