Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

कांग्रेस केन्द्रीय सदस्य बालुवाटारबाट पक्राउ

२९ आश्विन २०८१, मंगलवार १५:२४

२९ असोज, काठमाडौँ। बाटोमा हिँड्दा हिँड्दै प्रहरीले नियन्त्रणमा लिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई मालिगाउँको प्रहरी चौकीमा राखिएको छ ।

उनलाई प्रहरी मंगलबार साँझ ६ बजे बालुवाटारबाट पक्राउ गरेको हो। बीर अस्पतालमा स्वास्थ्य जाँच गरेर उनलाई मालिगाउँ प्रहरी वृत्त लगिएको बताइएको छ।

निर्मला कुर्मीलाई न्याय माग्दै नेपालगञ्जका अधिकारकर्मी तथा नागरिकको आन्दोलन चलिरहँदा सडक जाम भएपछि गाडीबाट ओर्लिएर हेर्न गएका बेला प्रहरीले आफूलाई पक्राउ गरेको सिवाकोटीले बताएका छन्।

आफ्नोबारेमा जानकारी दिए पनि प्रहरीले दुव्र्यवहार गरेर पक्राउ गरेको उनको भनाइ छ। मोबाइलमा भएका तस्बिरहरू प्रहरीले हटाउनसमेत लगाएको उनले बताएका छन्। प्रहरीले शिवाकोटीसहित सात जनालाई पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्