Trending
वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट     |     फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह     |     दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ नेपालगन्जमा सुरु     |     ‘परान’ आजदेखि प्रदर्शनमा     |     सुर्खेतमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ     |     भारत–अमेरिका बीच दश वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर     |     सुनको मूल्य बढ्यो     |     नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |    
समाचार

कांग्रेस केन्द्रीय सदस्य बालुवाटारबाट पक्राउ

२९ आश्विन २०८१, मंगलवार १५:२४

२९ असोज, काठमाडौँ। बाटोमा हिँड्दा हिँड्दै प्रहरीले नियन्त्रणमा लिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई मालिगाउँको प्रहरी चौकीमा राखिएको छ ।

उनलाई प्रहरी मंगलबार साँझ ६ बजे बालुवाटारबाट पक्राउ गरेको हो। बीर अस्पतालमा स्वास्थ्य जाँच गरेर उनलाई मालिगाउँ प्रहरी वृत्त लगिएको बताइएको छ।

निर्मला कुर्मीलाई न्याय माग्दै नेपालगञ्जका अधिकारकर्मी तथा नागरिकको आन्दोलन चलिरहँदा सडक जाम भएपछि गाडीबाट ओर्लिएर हेर्न गएका बेला प्रहरीले आफूलाई पक्राउ गरेको सिवाकोटीले बताएका छन्।

आफ्नोबारेमा जानकारी दिए पनि प्रहरीले दुव्र्यवहार गरेर पक्राउ गरेको उनको भनाइ छ। मोबाइलमा भएका तस्बिरहरू प्रहरीले हटाउनसमेत लगाएको उनले बताएका छन्। प्रहरीले शिवाकोटीसहित सात जनालाई पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्