Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

२९ आश्विन २०८१, मंगलवार १५:३५

२९ असोज, काठमाडौँ। देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ परेका छन् ।

भिमदत्त नगरपालिका-४ बजारस्थित हिक्मत ऐरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने ४० वर्षीय उत्तम बहादुर बिष्ट समेत ९ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ३ सय ९० रुपैयाँ र २ सय ८ पत्ति ताससहित पक्राउ गरेको हो।

त्यस्तै पोखरा महानगरपालिका-१७ ड्यामसाईडस्थित खेमराज आचार्यको होटल सिड्नी बोल्ममा जुवातास खेलिरहेको अवस्थामा स्याङ्जा गल्याङ नगरपालिका-४ घर भई कास्की पोखरा महानगरपालिका-१७ विरौटा बस्ने ३८ वर्षीय नविन थापा समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८८ हजार ४ सय २६ रूपैयाँ, भारतीय ५ सय रूपैयाँ र २ सय ७ पत्ती तास सहित पक्राउ गरेको हो।

यसैगरी झापाको शिवसताक्षी नगरपालिका-९ दुधे बस्ने बिनोद खरेलको घरमा रहेको सगरमाथा होटलमा जुवातास खेलिरहेको अवस्थामा खरेल समेत १२ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ४ हजार ३० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्