Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

फिल्म ‘ज्वाइँ साब’ले हालसम्म कति कमायो ?

३० आश्विन २०८१, बुधबार ०५:२१

काठमाडौँ। २४ गते बिहीबार फूलपातीदेखि रिलिज भएको फिल्म ‘ज्वाइँ साब’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाउन सफल भएको छ ।

सँगै रिलिज भएका ‘छक्का पन्जा ५’ र १२ गाउँ’को तुलनामा कम शो पाएको फिल्मको वर्ड अफ माउथ पब्लिसिटीका कारण सुरुवातको भन्दा अहिले शो समेत बढेको निर्देशक वसन्त निरौला बत्ताउँछन् ।

फिल्मको आम्दानी सोचजस्तो नरहेपनि राम्रो रहेको वितरक करण श्रेष्ठ ‘क्रेजी’ले बताए । ‘फिल्मले अहिलेसम्म कति कमायो भनेर देशभरको हिसाब आज बल्ल मगाएको छु’, श्रेष्ठले भने ‘भोलि मात्र सबै आम्दानी सार्वजनिक हुन्छ ।’ फिल्मको रिलिजको समय भन्दा अहिले शो समेत थपिएको श्रेष्ठको भनाई छ ।

फिल्म हेर्ने अधिकांश दर्शकले कलाकार जितु नेपालको कामको तारिफ गरेका छन् । फिल्ममा कमेडीसँगै भावुक बनाउने दृश्यले पनि दर्शकलाई हलमा तान्न फिल्म सफल भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्