Trending
सूर्य प्लाइ सुदूरपश्चिम रोयल्सको स्ट्रेन्थ पार्टनर     |     सुशीला सरकार, ओली एमाले र देउवा कांग्रेस चुनाव भाँड्न उद्धत छन् : प्रभु साह     |     चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा     |     परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |    
समाचार

फिल्म ‘ज्वाइँ साब’ले हालसम्म कति कमायो ?

३० आश्विन २०८१, बुधबार ०५:२१

काठमाडौँ। २४ गते बिहीबार फूलपातीदेखि रिलिज भएको फिल्म ‘ज्वाइँ साब’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाउन सफल भएको छ ।

सँगै रिलिज भएका ‘छक्का पन्जा ५’ र १२ गाउँ’को तुलनामा कम शो पाएको फिल्मको वर्ड अफ माउथ पब्लिसिटीका कारण सुरुवातको भन्दा अहिले शो समेत बढेको निर्देशक वसन्त निरौला बत्ताउँछन् ।

फिल्मको आम्दानी सोचजस्तो नरहेपनि राम्रो रहेको वितरक करण श्रेष्ठ ‘क्रेजी’ले बताए । ‘फिल्मले अहिलेसम्म कति कमायो भनेर देशभरको हिसाब आज बल्ल मगाएको छु’, श्रेष्ठले भने ‘भोलि मात्र सबै आम्दानी सार्वजनिक हुन्छ ।’ फिल्मको रिलिजको समय भन्दा अहिले शो समेत थपिएको श्रेष्ठको भनाई छ ।

फिल्म हेर्ने अधिकांश दर्शकले कलाकार जितु नेपालको कामको तारिफ गरेका छन् । फिल्ममा कमेडीसँगै भावुक बनाउने दृश्यले पनि दर्शकलाई हलमा तान्न फिल्म सफल भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्