Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

विराटनगरमा मुन होटलका सञ्चालकमाथि खुकुरी प्रहार

३० आश्विन २०८१, बुधबार ०५:२९

३० असोज,विराटनगर। विराटनगरको रोडेशेष छेउ भूमि प्रशासन चोकको मुन होटल तथा गीत गजलका सञ्चालक दिलीपकुमार भगतलाई एक समूहले खुकुरी प्रहार गरेको छ ।

मंगलबार राति करिब सो ६ बजे होटलमा बसिरहेका सञ्चालक दिलिप भगतमाथि दुई जना ब्यक्तिले खुकुरी प्रहार गरेको बताइएको छ ।प्रहरीका अनुसार भगतको हातमा चोट लागेको छ । खुकुरी प्रहारबाट घाइते भएका भगतलाई होटलका कर्मचारीले रातिनै उपचारका लागि कोशी अस्पताल पुराएका थिए ।

आक्रमणमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त होटल विराटनगरको रोडशेष उत्तर भूमि प्रशासन चोकमा रहेको छ । हतियार प्रहार गरेर आक्रमणकारी भने भागेको प्रहरीको दाबी छ । पुरानो रिसिइबीकै कारण आक्रमण भएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।

प्रतिक्रिया दिनुहोस्