Trending
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त     |     ढुंगा लागेर सल्यानमा एक जनाको मृत्यु     |     सुर्खेतमा नक्कली विवाहमार्फत ठगी गर्ने दुई जना पक्राउ     |     नेपाल–अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगो : परराष्ट्रमन्त्री     |     सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन     |     एनपिएल खेल्न अष्ट्रेलियाका क्रिस लिन आउँदै !     |     पोस्टरसहित चलचित्र ‘जूबा’को घोषणा     |     यु–२३ एसियन कप छनोट: नेपालले आज ताजिकिस्तानसँग खेल्दै     |     सुनको मूल्य हालसम्मकै उच्च     |     नेपाल ‘ए’ टोलीले जित्यो आसामविरुद्धको सिरिज     |    
समाचार

विराटनगरमा मुन होटलका सञ्चालकमाथि खुकुरी प्रहार

३० आश्विन २०८१, बुधबार ०५:२९

३० असोज,विराटनगर। विराटनगरको रोडेशेष छेउ भूमि प्रशासन चोकको मुन होटल तथा गीत गजलका सञ्चालक दिलीपकुमार भगतलाई एक समूहले खुकुरी प्रहार गरेको छ ।

मंगलबार राति करिब सो ६ बजे होटलमा बसिरहेका सञ्चालक दिलिप भगतमाथि दुई जना ब्यक्तिले खुकुरी प्रहार गरेको बताइएको छ ।प्रहरीका अनुसार भगतको हातमा चोट लागेको छ । खुकुरी प्रहारबाट घाइते भएका भगतलाई होटलका कर्मचारीले रातिनै उपचारका लागि कोशी अस्पताल पुराएका थिए ।

आक्रमणमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त होटल विराटनगरको रोडशेष उत्तर भूमि प्रशासन चोकमा रहेको छ । हतियार प्रहार गरेर आक्रमणकारी भने भागेको प्रहरीको दाबी छ । पुरानो रिसिइबीकै कारण आक्रमण भएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।

प्रतिक्रिया दिनुहोस्