Trending
अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |     चलचित्र ‘जिरो डिग्री’मा नायिका सनिशा भट्टराईको ‘इन्ट्री’     |     आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल     |     कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने     |     रास्वपाको पोखराको जनसम्बोधन कार्यक्रम पनि स्थगित्     |    
समाचार

इजरायलको हवाई हमलामा लेबनानका एक मेयरसहित ६ जनाको मृत्यु

३० आश्विन २०८१, बुधबार १३:५९

३० असोज,काठमाडौं। इजरायलले बुधवार दक्षिणी लेबनानको नबातिय सहरमा आक्रमण गरेको थियो । यो हमला नबातियको नगरपालिका भवनमा भएको थियो ।

आक्रमणमा सहरका मेयरसहित ६ जनाको मृत्यु भएको छ । इजरायलले यस आक्रमणअघि बेरुत सहरमा पनि आक्रमण गरेको थियो ।  इजरायलले हिजबुल्लाहको प्रत्येक भूमिगत हतियार गोदामलाई निशाना बनाएको बताएको छ । इजरायली सेनाले हमला गर्नु अघि उसले नागरिकहरूलाई सुरक्षित रूपमा खाली हुन चेतावनी दिएको थियो।

संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार इजरायलको सैन्य निकासी आदेशले अहिलेसम्म लेबनानको एक चौथाई भन्दा बढी प्रभावित भएको छ ।  अमेरिकाले इजरायली हमलामा बढ्दो मृत्यु र युद्ध बढ्दै गएकोमा पनि चिन्ता व्यक्त गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले बेरुतमा इजरायलले गरेको आक्रमणको बारेमा इजरायली सरकारसमक्ष आफ्नो चिन्ता व्यक्त गरेको बताएका छन् ।

अर्कोतर्फ अमेरिकाले इजरायललाई ३० दिनभित्र गाजामा मानवीय सहायताको अवस्था सुधार्न पनि भनेको छ । त्यसो गर्न असफल भएमा सैन्य सहायता रोक्न चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्