Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ : बालेन

३० आश्विन २०८१, बुधबार १५:०३

३० असोज,काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले हिन्दु राष्ट्र संविधानमा नभइ स्वाभिमानमा चाहिने धारणा राखेका छन्‌ ।

मेयर शाहले बुधवार सामाजिक सञ्जाल फेसबुकमा कवितामार्फत भनेका छन्– ‘मलाई बुद्ध बोलीमा हैन, ज्ञानमा चाहिन्छ । हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ ।’

उनले आफ्नो ठाउँ नै नरहेपछि गाउँ मासेर बनेको सहरको काम नभएको बताउँदै आफ्नो भाउ नै नभए पनि नाउँ बेचेर बनेको रहरको पनि काम नहुने बताएका छन् ।

‘गाउँ मासेर बनेको शहरको के काम ? आफ्नो ठाउँ नै नरहे पछि, नाउँ बेचेर बनेको रहरको के काम ? आफ्नो भाउ नै नभए पछि,’ उहाँले भन्नुभएको छ, ‘मलाई बुद्ध बोलीमा हैन, ज्ञानमा चाहिन्छ । हिन्दू राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ।’

प्रतिक्रिया दिनुहोस्