Trending
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त     |     ढुंगा लागेर सल्यानमा एक जनाको मृत्यु     |     सुर्खेतमा नक्कली विवाहमार्फत ठगी गर्ने दुई जना पक्राउ     |     नेपाल–अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगो : परराष्ट्रमन्त्री     |     सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन     |     एनपिएल खेल्न अष्ट्रेलियाका क्रिस लिन आउँदै !     |     पोस्टरसहित चलचित्र ‘जूबा’को घोषणा     |     यु–२३ एसियन कप छनोट: नेपालले आज ताजिकिस्तानसँग खेल्दै     |     सुनको मूल्य हालसम्मकै उच्च     |     नेपाल ‘ए’ टोलीले जित्यो आसामविरुद्धको सिरिज     |    
समाचार

उपभोक्ताको गुनासो ‘क्युआर’बाट

३० आश्विन २०८१, बुधबार १५:३०

३० असोज,काठमाडौं। जिल्ला प्रशासन कार्यालयले उपभोक्ताको गुनासो क्युआरमार्फत लिन थालेको छ ।

चाडपर्वमा हुनसक्ने उपभोक्ताको अधिकार हनन्का घटनालाई मध्यनजर गर्दै उपभोक्ताले क्युआरमार्फत गुनासो तथा उजुरी गर्न सक्ने सेवा सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।

उनकाअनुसार अहिले विभिन्न चार विधाका गुनासोलाई प्रशासन कार्यालयले क्युआर स्क्यान गरी देखिने फरक–फरक आवेदन फाराम मार्फत सङ्कलन गर्न थालिएको छ । “उपभोक्ताको अधिकार हनन् सम्बन्धी खाद्यान्न, होटल तथा खाजा घर, यातायात र औषधि पसल सम्बन्धी गुनासो नेपाली भाषामा तयार गरेको फाराममार्फत भर्न सकिने सेवा सञ्चालनमा ल्याइएको छ।

प्रजिअ अधिकारीले भने, “उपभोक्ताको अधिकार रक्षाका लागि ‘स्वच्छ प्रतिस्पर्धी बजार ः उपभोक्ताको सार्वभौम अधिकार’ भन्ने सरकारको लक्ष्य पुरा गर्न यसमार्फत उल्लेख्य सहयोग पुग्ने विश्वास लिइएको छ ।”

कार्यालयको सेवा सम्बन्धी गुनासो, सुझाव सङ्कलन गर्न जिल्ला प्रशासनले यसअघि नै क्युआर सेवा सञ्चालनमा ल्याएको थियो । आधुनिकता र प्रविधिको विकाससँगै उपभोक्ताका अधिकार हनन्का घटना रोक्न र संलग्न दोषीलाई कारबाही गर्न क्युआर प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्