Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
खेलकुद

साफ खेल्ने महिला टोलीलाई विशेष ट्राभल किट

१ कार्तिक २०८१, बिहीबार ०३:३७

१ कार्तिक,काठमाडौं।साफ महिला फुटबल च्याम्पियनसिपमा उत्रिन लागेको नेपाली महिला टोलीलाई विशेष ट्राभल किट प्रदान गरिएको छ ।

युनिलिभर नेपालले नेपालको राष्ट्रिय महिला फुटबल टोलीको आधिकारिक स्पन्सर रहेको आफ्नो पर्सनल केयर ब्रान्ड, डोभमार्फत बुधबार एन्फा कार्यालयमा नेपालको राष्ट्रिय महिला फुटबल टोलीका २७ खेलाडी तथा अधिकारीहरूलाई विशेष ट्राभल किट हस्तान्तरण गरेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्स बुधवार आयोजित कार्यक्रममा  युनिलिभर नेपालको कन्ट्री एचआर हेड सानिस्ता भाटिया, मार्केटिङ हेड सौरभ कारन्जितलगायतले टोलीका खेलाडीलाई ट्राभल किट्स र युनिलिभरको उत्पादन हस्तान्तरण गरेका थिए।

युनिलिभर नेपाल मार्केटिङ हेड कारन्जितले महिला टोलीमा सफलता प्राप्त गर्ने सम्भावना रहेको उल्लेख गर्दै साफका लागि शुभकामना दिए।अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले भविष्यमा पनि युनिलिभरको साथ रहने विश्वास व्यक्त गरे । उनले नेपाल यसपटक उपाधि घरमै राख्ने आफूहरु आशावादी रहेको बताए ।

अध्यक्ष नेम्वाङले साफ च्याम्पियनसिपको गेट कलेक्सनको २० प्रतिशत महिला टोलीको खेलाडीलाई दिने घोषणा गरे । ८० लाख रुपैयाँमा एन्फाले माउन्टेन एभरेष्ट स्पोर्टस एन्ड इभेन्टस प्रालिलाई टिकटिङ जिम्मेवारी दिनेको सम्झौता गरिसकेकोले टोलीले १६ लाख रुपैयाँ पाउने पक्का भएको छ।

नेपालसहित दक्षिण एसियालीका ७ राष्ट्रका महिला टोलीको सहभागिता रहने साफ च्याम्पियनसिप बिहीवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ। पाकिस्तान र भारतबीच उद्घाटन खेल हुनेछ । त्यो समूहमा अर्को टोली बंगालादेश रहेको छ।

प्रतिक्रिया दिनुहोस्