Trending
शीर्ष स्थानको आर्सनल म्यानचेस्टर युनाइटेडसँग पराजित     |     महिला टी-२० विश्वकप छनोट : जित्नैपर्ने दबाबका साथ स्कटल्यान्डको सामना गर्दै नेपाल     |     क्रिस्टल प्यालेसमाथि चेल्सीको शानदार जित     |     रियलको रोमाञ्चक जित     |     किराँत मिथमा आधारित नाटक ‘ए थिबेउ’ शिल्पी थिएटरमा     |     आयोजक फेरिल्यान्डको सफल सुरुआत     |     चेस पजल सोल्भिङ कन्टेस्टमा २१ जनाको प्रतिस्पर्धा     |     शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा     |     रेशम चौधरी चुनाव लड्न नपाउने     |     प्रलोपा नेता सन्तोष परियारले गरे विवाह     |    
समाचार

राष्ट्रिय स्वाधीनता ध्रुवीकृत राजनीति र भूराजनीतिका कारण दबाबमा पर्यो- विप्लव

१८ असार २०८१, मंगलवार ०४:०३

काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिले नेपाल उकुसमुकुसको अवस्थामा रहेको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीको आइतबार प्रज्ञा भवनमा सुरु दशौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले यसो भनेका हुन् ।

‘नेकपा एकीकृत समाजवादीमा निकै महत्त्वपूर्ण व्यक्तित्वहरू रहेको कुरा सबैलाई थाहा छ। आरोह अवरोह पार गर्दै नेपालको एउटा विशिष्ट परिस्थितिमा यो पार्टी उपस्थित भएको छ’, उनले भने, ‘झापा आन्दोलनदेखि पछिल्लो राजनीतिक आन्दोलनसम्म जोडिएको पार्टी हो ।’

उनले नेपालको राष्ट्रिय स्वाधीनता आजको विश्वको ध्रुवीकृत राजनीति र भूराजनीतिका कारणले निकै ठूलो दबाबमा रहेको उनले बताए ।

‘सम्पूर्ण कुतत्वको आँखा नेपालमा परेको छ । सीमान्तकृत समुदायका सबै नेपालको आजको परिस्थितिमा सन्तुष्ट छैन’, उनले भने, ‘उनीहरूका अधिकार केही प्राप्त भएका छन् । तर राजनीतिक क्षेत्रमा आएको परिवर्तन आर्थिक जीवनमा बदलिन सकेको छैन ।’

प्रतिक्रिया दिनुहोस्