Trending
इङ्ल्याण्डसँग नेपाल ४ रनले पराजित     |     यस्ता छन् कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     इङ्ल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य     |     साढे नौ हजारले बढ्यो सुनको मूल्य     |     आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु     |     विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै बिरामी : शिविर मार्फत उपचार सुरु     |     टी–२० विश्वकप क्रिकेटः आज नेपाल इङ्ल्यान्डसँग भिड्दै     |     साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई     |     सूर्यकुमारको उत्कृष्ट पारीमा भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य     |    
समाचार

होटलको दोस्रो तलाबाट खसेर चर्चित पप गायक लियान पेनेको मृत्यु

१ कार्तिक २०८१, बिहीबार ०४:१८

१ कार्तिक,एजेन्सी। पप ब्याण्ड वन डाइरेक्शनसँग आवद्ध चर्चित गायक लियाम पेनेको अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा निधन भएको छ।

३१ वर्षीय पेने होटलको तेस्रो तलाबाट खस्दा उनको मृत्यु भएको बीबीसीले जनाएको छ। मिडिया रिपोर्टका अनुसार अर्जेन्टिनाको ब्यूनस आयर्सको एक होटलको तेस्रो तल्लाबाट खसेर लियाम पेनको मृत्यु भएको हो। पालेर्मोको कोस्टारिका स्ट्रिटमा रहेको होटलमा यो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

स्थानीय अखबार ला नासियोन र क्लारिनका अनुसार प्रहरीले एक विज्ञप्ति जारी गर्दै एक व्यक्ति लागुऔषध र रक्सीको लतमा रहेको जानकारी पाएको बताएको छ। होटलका प्रबन्धकले होटलको पछाडि ठूलो आवाज सुनेपछि त्यहाँ पुग्दा एकजना मानिस आफ्नो कोठाको बालकनीबाट खसेको देखेको बताए। आपतकालीन सेवाहरू घटनास्थलमा पुगे र ३१ वर्षीय ब्रिटिश गायकको मृत्युको पुष्टि गरेका थिए। उनको निधनको खबरले सिंगो संगीत क्षेत्र शोकमा डुबेको छ।

२०१० मा युकेको रियालिटी शो ‘द एक्स फ्याक्टर’ मा सहभागी भएपछि पनेसहित जयान मालिक, ह्यारी स्टाइल, लौइस टमलिनसन र नियाल होरानले ‘वन डाइरेक्शन’ नामक पप् ब्याण्ड बनाएका थिए । यो ब्याण्ड २०१६ मा निष्क्रिय भएको थियो।

प्रतिक्रिया दिनुहोस्