Trending
हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड     |     जुलाई १५ देखि युट्युबको नयाँ नीति लागू: मौलिक सामग्री नहुँदा मोनिटाइजेशन बन्द     |     नेपाली कांग्रेसले १५ नेतामाथि कारबाही गरेपछि शेखर समूह असन्तुष्ट, भोलि बैठक बस्दै     |     गण्डकी प्रदेशका लेखा अधिकृत झलक शर्माविरुद्ध ३ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा     |     कुलपतिसमक्ष त्रिविका उपकुलपतिको सपथ     |     पानी पर्‍यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन     |     सुनकोशी र सप्तकोशी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह     |     विपक्षी दलका विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध     |     एसईईमा ४.० जिपिए ल्याउने बाँकेकी सृजना डि.सी. पहिलो विद्यार्थी     |     विद्युत् प्राधिकरणद्वारा सात चार्जिङ स्टेसनलाई थप बजेट, १ करोडभन्दा बढी विनियोजन     |    
समाचार

‘जनताको सेवा र शान्ति सुरक्षामा नेपाल प्रहरी क्रियाशील’

१ कार्तिक २०८१, बिहीबार ११:०१

१ कातिक,कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनताको सेवा र शान्ति सुरक्षामा नेपाल प्रहरी निरन्तर क्रियाशील रहेको बताएका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरीले आज धनगढीमा आयोजना गरेको ६९औँ प्रहरी दिवसको अवसरमा उनले विभिन्न कालखण्डमा नेपाल प्रहरीले धेरै चुनौती सामना गर्दै अगाडि बढेको उल्लेख गरे।

अहिले पनि सीमित स्रोत, साधनबीच नेपाल प्रहरीले आफ्नो क्षमता प्रदर्शन गर्नुपर्ने चुनौती छ, तैपनि आफ्नो काम, कर्तव्यप्रति दृढ छ”, उनले भने।मुलुक सङ्घीयतामा गएपनि सङ्घीय सरकारले बनाउनुपर्ने ऐन, कानुन नबनेका कारण प्रदेशका कतिपय अधिकार अन्योलमै रहेको मुख्यमन्त्री शाहको भनाइ छ।

यसैभित्र प्रहरी समायोजन पनि पर्दछ, प्रहरी समायोजन हुन्छ, हुँदैन त्यसको जवाफ सङ्घीय सरकारले दिनुपर्छ, नेतृत्वले दिनुपर्दछ,” उनले भने।मुख्यमन्त्री शाहले प्रहरी सङ्गठनलाई दुरुस्त राख्न प्रदेश सरकार सहयोग गर्न सदैव तत्पर रहेको बताए।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक, सुदूरपश्चिम पृतना हेडक्वाटर तेघरी कैलालीका सहायक रथी, सशस्त्र प्रहरी बल नेपाल नंं ७ वैधनाथ बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक, सञ्चारकर्मीलगायतका सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्