Trending
इङ्ल्याण्डसँग नेपाल ४ रनले पराजित     |     यस्ता छन् कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     इङ्ल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य     |     साढे नौ हजारले बढ्यो सुनको मूल्य     |     आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु     |     विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै बिरामी : शिविर मार्फत उपचार सुरु     |     टी–२० विश्वकप क्रिकेटः आज नेपाल इङ्ल्यान्डसँग भिड्दै     |     साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई     |     सूर्यकुमारको उत्कृष्ट पारीमा भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य     |    
समाचार

‘जनताको सेवा र शान्ति सुरक्षामा नेपाल प्रहरी क्रियाशील’

१ कार्तिक २०८१, बिहीबार ११:०१

१ कातिक,कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनताको सेवा र शान्ति सुरक्षामा नेपाल प्रहरी निरन्तर क्रियाशील रहेको बताएका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरीले आज धनगढीमा आयोजना गरेको ६९औँ प्रहरी दिवसको अवसरमा उनले विभिन्न कालखण्डमा नेपाल प्रहरीले धेरै चुनौती सामना गर्दै अगाडि बढेको उल्लेख गरे।

अहिले पनि सीमित स्रोत, साधनबीच नेपाल प्रहरीले आफ्नो क्षमता प्रदर्शन गर्नुपर्ने चुनौती छ, तैपनि आफ्नो काम, कर्तव्यप्रति दृढ छ”, उनले भने।मुलुक सङ्घीयतामा गएपनि सङ्घीय सरकारले बनाउनुपर्ने ऐन, कानुन नबनेका कारण प्रदेशका कतिपय अधिकार अन्योलमै रहेको मुख्यमन्त्री शाहको भनाइ छ।

यसैभित्र प्रहरी समायोजन पनि पर्दछ, प्रहरी समायोजन हुन्छ, हुँदैन त्यसको जवाफ सङ्घीय सरकारले दिनुपर्छ, नेतृत्वले दिनुपर्दछ,” उनले भने।मुख्यमन्त्री शाहले प्रहरी सङ्गठनलाई दुरुस्त राख्न प्रदेश सरकार सहयोग गर्न सदैव तत्पर रहेको बताए।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक, सुदूरपश्चिम पृतना हेडक्वाटर तेघरी कैलालीका सहायक रथी, सशस्त्र प्रहरी बल नेपाल नंं ७ वैधनाथ बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक, सञ्चारकर्मीलगायतका सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्