Trending
मेक्सिको बन्यो नकआउट चरण पुग्ने पहिलो टिम     |     नेयमारको प्रतीक्षा लम्बियो, हाईटीविरुद्ध नखेल्ने     |     कोशीका मन्त्रीको क्वार्टरमा प्रहरीको छापा     |     कक्षा १२ को नतिजा सार्वजनिक : नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण     |     राप्रपाको महाधिवेशन मंसिर २६ देखि २८ सम्म गर्ने प्रस्ताव     |     सीप विकासमार्फत आत्मनिर्भर बनाउने अभियानमा माँ भाटभटेनी संस्था     |     विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गर्दै मन्त्रालय     |     उज्वेकिस्तानमाथि कोलम्बियाको जित     |     यिरेन्कीको इन्जुरी टाइम गोलले घानाको जीत     |     इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित     |    
समाचार

नायब सिंह सैनी फेरी बने हरियाणाको मुख्यमन्त्री

१ कार्तिक २०८१, बिहीबार ११:२०

१ कातिक,काठमाडौँ। नायब सिंह सैनीले हरियाणाको मुख्यमन्त्री बनेका छन् । सैनीले विहिबार हरियाणाका गभर्नर बंडारु दत्तात्रेयसँग पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि उपस्थित थिए । साथै, महाराष्ट्र, गुजरात, छत्तीसगढ, आन्ध्र प्रदेश र मध्य प्रदेशका मुख्यमन्त्रीहरू पनि शपथ ग्रहण समारोहमा सहभागी भएका थिए ।

सैनीको शपथ ग्रहण समारोहमा भाजपा अध्यक्ष जेपी नड्डा, रक्षामन्त्री राजनाथ सिंह र सडक तथा यातायात मन्त्री नितिन गडकरी पनि उपस्थित थिए ।

सैनी अक्टोबर १६ मा हरियाणा विधायक दलको नेता चुनिएका थिए । यसको घोषणा गृहमन्त्री अमित शाहले नै गरेका छन् । पार्टीले अमित शाहलाई हरियाणाको पर्यवेक्षक बनाएको थियो ।

सैनी यस वर्ष मार्चमा हरियाणाको मुख्यमन्त्री बनेका थिए । उनले मनोहरलाल खट्टरको स्थानमा मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका हुन् । उनकै नेतृत्वमा भारतीय जनता पार्टीले हरियाणामा सबै सर्वे र एक्जिट पोलको अनुमानका विपरित बहुमतसहित जित हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्