Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

२ कार्तिक २०८१, शुक्रबार ०३:५७

२ कातिक,काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदका प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्।

 प्रचण्डले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ९ बजे बस्ने गरि प्रतिपक्षी दलहरूको बैठक बोलाएका हुन्। समसामयिक राजनीतिक विषयमा र बाढीपहिरोपछिको अवस्थाबारे छलफल गर्नका लागि प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिपक्षी दलहरूको बैठक बोलाइएको बताइएको छ।

सरकारले भने रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको सिफारिशमा तत्कालै पक्राउको तयारी गरेको छ । कतिपयले रास्वपाले सभापति लामिछाने पक्राउ गर्ने भएपछि संसद्को विशेष अधिवेशनको माग गरेको भनेरपनि चर्चा गर्ने गरेका छन् ।

बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपालगायतलाई छलफलमा बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्