Trending
अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |     चलचित्र ‘जिरो डिग्री’मा नायिका सनिशा भट्टराईको ‘इन्ट्री’     |     आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल     |     कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने     |     रास्वपाको पोखराको जनसम्बोधन कार्यक्रम पनि स्थगित्     |    
समाचार

सभापति लामिछाने पक्राउको घटना राजनीतिक पूर्वाग्रहबाट प्रेरित कदम : रास्वपा

२ कार्तिक २०८१, शुक्रबार १५:५३

२ कात्तिक, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने पक्राउको घटनालाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित कदम भएको बताएको छ ।

शुक्रवार साँझ सभापति लामिछाने पक्राउ परे लगत्तै सो पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै सो कदम राजनीतिक पूर्वाग्रह प्रेरित रहेको बताएका हुन् ।

विज्ञप्तिमा उनले भनेका छन् : ‘संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको पुष्टि गरेको अवस्थामा सोही मुद्दामा सभापतिलाई पक्राउ गरिनु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको हाम्रो ठम्याई छ ।’

यद्यपि सो पार्टीले विधिको शासनलाई सम्मान गर्दै राज्यका न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार रहेको समेत बताएको छ । सभापति लामिछानेलाई गरिएको पक्राउप्रति घोर भर्त्सना गर्दै कानुनका छिद्रमा टेकेर रास्वपा र सभापतिमाथि साँधिने राजनीतिक प्रतिशोध आफूहरूलाई कदापि स्वीकार्य नभएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा विना आधार सभापति लामिछानेलाई पक्राउ गरेर आमज जनताको सहकारीमा डुबेको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भएको समेत दाबी गरिएको छ । विज्ञप्तिमा भनिएको छ ः ‘गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरारमक्स र वाइड बडी जस्तो अरबौँको घोटालामा आपसी समझदारीमा एक अर्कालाई बचाउँदै लुट्दै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेका हुन् । हामी डराएका छैनौ । तर्सिएका हैनौँ । अब परिवर्तनको लडाई बुलन्द भएको छ ।’

प्रतिक्रिया दिनुहोस्